Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रमा १०% छुट

मंगलबार, १८ मंसिर २०७५, ११ : ०८ मा प्रकाशित

नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रमा १०% छुट

अर्थ संसार, काठमाडौं– नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र केडीईसीएच बिच सम्झौता भएकोे छ ।

उक्त सम्झौता बमोजिम कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई एकस–रे बाहेक सामान्य अस्पताल शुल्कहरुमा २०∞, सामान्य दन्त चिकित्सा, दन्त प्रत्यारोपण, ओर्थोडोंटिक्स तथा क्राउन ब्रिजहरुमा १०∞ को विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ ।

“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रसंगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ । ” नबिल बैंक लिमिटेडका प्रमुख खुद्रा बैकिङग निरज शर्माले भन्नुभयो ।

“नेपाली नागरिकहरुलाई अधिक सेवा पुर्याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउ“दा हामीलाई धेरै खुशि लागेकोछ र यो सम्झौताले सेवामा हामि थप एक कदम अगाडी बढेको विश्वास गर्दछौं ।” कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रका अअध्यक्ष बुद्धिमान श्रेष्ठले भन्नुभयो ।

कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्र एक सुविधा सम्पन्न डेन्टल अस्पताल हो जसमा १५० दन्त कुर्सी तथा ९ वटा विभागहरु रहेका छन् । धापासी स्थीत सो डेन्टल अस्पतालको कपन, पोखरा, बुटवल, भलवाडी तथा नारायणघाटमा सेवा केन्दहरु छन् । बहु–विशेषता भएको सो अस्पताल बिरामीहरुको निरन्तर सेवामा उन्मुख रहंदै आधुनिक उपचार प्रकृया अपनांउदै आएको छ ।


नबिल बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, १२१ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको