अर्थ संसार, काठमाडौँ– नेपाल स्टक एक्सचेञ्जमा करीब ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी ३ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ ।
बैंकका अनुसार ३ अर्ब ५ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा ३ अर्ब १२ करोड बराबरको हकप्रद शेयर, ५ अर्ब १६ करोड बराबरको लाभांश शेयर सूचीकृत भएको छ । स्टकमा हालसम्म कूल १९८ कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये १४७ बैंक तथा वित्तीय संस्था छन् । त्यसमा बीमा कम्पनी समेत छन् ।
यस्तै सूचीकृत मध्ये १८ कम्पनी उत्पादन र प्रशोधन उद्योगसँग सम्बन्धित छन् । स्टकमा सूचीकृत मध्ये २१ जलविद्युत् कम्पनी छन् । होटल तथा व्यापारिक संस्थाका चार÷चार कम्पनी सूचीकृत छन् भने चार अन्य समूहका कम्पनी समेत सूचीकृत भएका छन् । स्टकमा सूचीकृत शेयरको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस