अर्थ संसार
काठमाडौं–एनसीसी बैंकमा अरु ४ वटा विकास बैंक मर्ज भएर एकिकृत कम्पनी बनेपछि नया संचालक समिति चयन भएको छ । मर्जपछि उपेन्द्रकेशरी न्यौपाने संचालक समितिको अध्यक्ष भएका छन् । समितिमा एनसीसीको तर्फबाट न्यौपानेका साथै मोहनबहादुर बस्नेत, कैलाशपतिन्द्र अमात्य र कृष्ण श्रेष्ठ चयन भएका छन् ।
अरु विवकास बैंकबाट एक एक जना संचालक छानिएका छन् । संचालक समितिमा एपेक्स डेभलपमेन्ट बैंकबाट विष्णुप्रसाद धिताल, इन्टरनेशनल डेभलपमेन्ट बैंकबाट माधवप्रसाद भट्ट, सुप्रिम डेभलपमेन्ट बैंकबाट चन्द्रप्रसाद बास्तोला र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकबाट इमानसिंह लामा सञ्चालक समिति सदस्य भएका छन् । छानिएका सबै ती बैंकमा यसअघि संचालक समितिका अध्यक्षहरु रहेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस