Like us!
Follow us!
Connect us!
Watch us!

महिन्द्राको इलेक्ट्रिक भेहिकल इटुओ स्पोर्टज बजारमा

बुधबार, २७ पुस २०७३, १५ : २८ मा प्रकाशित

महिन्द्राको इलेक्ट्रिक भेहिकल इटुओ स्पोर्टज  बजारमा

अर्थ संसार
काठमाडौ– अटोमाबाइल उत्पादक महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि एक आधिकारिक विक्रेता अग्नि इनर्जीले इटुओ स्पोर्टज बजारमा ल्याएको छ ।महिन्द्राले ल्याएको यस इलेक्ट्रिक भेहिकलको प्रारम्भिक मूल्य २६ लाख रुपैयाँ तोकिएको छ । स्पोर्ट्स् भेरिएन्ट यस कारमा डुअल एयरब्याग, एबीएस्., फास्ट चार्जिङ्ग र रियर वाइपर छन ।

यस गाडीले १२७ किलोमिटरको अतिरिक्त रेन्ज दिनुका साथै थप स्टोरेज एरियासमेत रहेको कम्पनीको दावी छ । लेदर सिटका साथ प्रिमियम स्टाइलिङ्ग, ब्लोपन्क्ट् इन्फोटेन्मेन्ट सिस्टम र स्टियरिङ्ग माउन्टेड अडियो कन्ट्रोलसमेत यसमा छन् । महिन्द्रा यस कारले १ सय किलोमिटर प्रतिघण्टाको गति दिने कम्पनीले दावी गरेको छ ।

नयाँ कार विक्री सुरुआत कार्यक्रममा बोल्दै महिन्द्रा इलेक्ट्रिकका सिइओ महेश बाबुले इलेक्ट्रिक गाडीहरुले फसिल फ्यूलमा चल्ने गाडीहरुलाई छिट्टै उछिन्ने बताउँदै यस गाडीको शक्तिशाली पर्पmमेन्स्, बेजोड् सेफ्टी फिचर्स्ले छिट्टै ग्राहकको रोजाइमा पर्ने दावी गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको