Like us!
Follow us!
Connect us!
Watch us!

सङ्घीय संसद्को अधिवेशन पुस ११ गते बुधबारका लागि आह्वान

मंगलबार, ०३ पुस २०७५, १८ : २४ मा प्रकाशित

सङ्घीय संसद्को अधिवेशन पुस ११ गते बुधबारका लागि आह्वान

अर्थ संसार, काठमाडौं–  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही पुस ११ गते बुधबारका लागि आह्वान गर्नुभएको छ ।

नेपालको संविधानअनुसार, राष्ट्रपतिबाट प्रधामन्त्रीको सिफारिशमा यही पुस ११ गते बुधवार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा १ मा राष्ट्रपतिले सङ्घीय सदनको समय समयमा दुवै वा कुनै सदनको अविधेशन आह्वान गर्ने व्यवस्था उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको