अर्थ संसार, काठमाडौं– क्रिमसको पूर्व सन्ध्यामा दरबार मार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जमा प्रसिद्ध गायक दिपक बज्राचार्य एण्ड रिदम ब्याण्डले लाइभ पर्फमेन्स गर्ने भएको छ ।
क्रिसमस तथा नयाँ वर्षको उपलक्ष्यमा डिसेम्बर २४ तारिखका दिन आफ्ना ग्राहकलाई शुभकामनासँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लाउन्जले ‘दिपक बज्राचार्य एट किंग्स लाउन्जइन क्रिमस इभ’आयोजना गरेको हो ।
लाउञ्जका ग्राहकलाइ पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने गरी पुस ९ गते सोमबार साँझ ८ बजेदेखि बज्राचार्यको विशेष सांगीतिक प्रस्तुती आयोजना गरिने लाउञ्जले जनाएको छ ।
मंगलबार लाउञ्जमा कलाकार, आमदर्शक, संगीत प्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुनेछ । बज्राचार्य एण्ड रिदम ब्याण्डको प्रस्तुती हेर्नका लागि लाउन्जले विशेष पासको व्यवस्था समेत गरेको छ ।
लाउन्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइने लाउञ्जमा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन लाईभ कन्सर्ट आयोजना हुन्छ ।
जन्मदिन, एनिभर्सरी तथाविदाई समारोहका दौरान सेवाग्रहीलाई लाउञ्जले सेलिब्रेशन सामग्रीहरु केक, स्प्रे, क्याण्डलहरु निशुल्क उपलब्ध गराउने छ । लाउन्जमा गएपछि ग्राहकले सुनेको र पढेको भन्दा पनि उत्कृष्ट महसुस गर्ने सञ्चालकको दावी छ ।
फेमली लाउन्जको रुपमा स्थापित किंग्समा कुटनितिज्ञ, बैंकर, डाक्टर, सेलिब्रेटी तथा स्वदेशी तथा विदेशीग्राहकको नियमित उपस्थिती हुने गरेको छ । बिहान ११ बजेदेखि राति साढे १२ बजेसम्म संचालन हुने लाउञ्जमा साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् ।
लाउन्जले एक हजार भन्दा धेरै ग्राहकलाई सेवा दिनतथा स्वागत गर्न सक्ने क्षमता रहेको सञ्चालकहरुको भनाइ छ । टेरेस कर्नरका साथै पर्सनलबार सहितको भिआईपी हल लाउञ्जको विशेषता हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस