Like us!
Follow us!
Connect us!
Watch us!
बोनस प्रस्ताव गर्नेमा १६ वित्तीय संस्था र ११ बीमा कम्पनी पनि

लाभांश घोषणामा विकास बैंक अगाडि, कसको कति ? (सूचीसहित)

विहीबार, २८ पुस २०७३, १५ : ५६ मा प्रकाशित

लाभांश घोषणामा विकास बैंक अगाडि, कसको कति ? (सूचीसहित)

अर्थ संसार

काठमाडौं–आर्थिक बर्षको आधा अवधि सकिन लाग्दा गत आर्थिक बर्षको नाफाबाट ३८ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । चालु आर्थिक बर्षको अन्त्यसम्म नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनु पर्ने भएकाले सबै जसो विकास बैंकले पूँजी बृद्धि गर्न बोनस सेयर घोषणा गरेका छन् । केहीले बोनस सेयरसँगै हकप्रद वितरण गर्ने पनि घोषणा गरेका छन् ।

बैंकहरुले सार्बजनिक गरेको लाभांश अनुसार सबैभन्दा बढी बोसन सेयर मुक्तिनाथ विकास बैंकको छ । यस बैंकले ३४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । त्यसपछि अधिक लाभांश घोषणा गर्ने मितेरी विकास बैंक छ । यसको लाभांश ३२.५८ प्रतिशत छ ।

विकास बैंकमध्ये सबैभन्दा थोरै लाभांश भने कन्ट्री डेभलपमेन्ट बैंकको छ । यसले ७.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कसको कति लाभांश टेवलमा दिइएको छ ।  

यस्तै १६ वटा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । वित्तीय संस्थामध्ये सबैभन्दा धेरै लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनीको लाभांश छ । यसले ३५ प्रतिशत बोनस र १.७९ नगद गरी ३६.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै सबैभन्दा थोरै लाभांश भक्तपुर फाइनान्सको छ । उक्त कम्पनीले ३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

उता ११ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । बीमा कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश शिखर इन्स्योरेन्सको छ । उक्त कम्पनीले ६० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । यस्तै सबैभन्दा थोरै प्रभु इन्स्योरेन्सले १७ प्रतिशत बोनस दिने भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको