Like us!
Follow us!
Connect us!
Watch us!

कालिकोट आगलागी पीडितलाई राहत दिन बन्धु समाजको अनुरोध

बुधबार, ११ पुस २०७५, १६ : ५३ मा प्रकाशित

कालिकोट आगलागी पीडितलाई राहत दिन बन्धु समाजको अनुरोध

अर्थ संसार, काठमाडौं– प्रदेश नं. ६ अन्तर्गत कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा नम्वर १ खाँडा गाउँमा रहेको न्यौपाने वस्तीमा यही पौष ८ गते राति भएको भिषण आगालागि भई न्यौपाने वडाका ७८ घर ध्वस्त भएको घटनाप्रति न्यौपाने बन्धु समाज नेपाल परिवार स्तव्ध भएको छ ।

आगलागि पीडित सम्पूर्ण परिवारको दुःखमा यस समाजको सहानुभूति रहेको र संभव भएसम्मको सहयोगको निम्ति प्रयास शुरु गरिएको न्यौपाने बन्धु समाज नेपालका कार्यवाहक अध्यक्ष गुरु प्रसाद न्यौपानेले बताउनुभयो ।

पीडाको यस घडिमा संघीय, प्रदेश र स्थानीय सरकार लगायत सम्बद्ध समाजिक संघ संस्थाहरुमा शिघ्र सहयोगको लागि समेत समाजले आह्वान गरेको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको