अर्थ संसार,काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेको आफ्नो मूलनारा “बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” को भावना अनुरुप प्रबिधिमा आएको विकासलाई आदरणीय ग्राहक महानुभावहरुको थप सुविधामा उपभोग गर्ने अभिप्रायले बैंकको सामाजिक संञ्जाल “Facebook” अन्र्तगत “साथी” नामक बैंकको आफ्नो “Chatbot” गत मंगलबारबाट संञ्चालनमा ल्याएको छ ।
यस “साथी” “Chatbot” मार्फत बैंकका ग्राहक महानुभावहरूले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्न हुनेछ। यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।
बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६८ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १४५ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।
समस्त ग्राहक महानुभावहरूलाई उच्चस्तरीय सेवादिँदै आइरहेको यस एनआई सी एशिया बैंक लिमिटेडले ग्राहक महानुभावहरूको सुझावलाई उच्च सम्मानगर्दै बैंकलाई प्राप्त सुझावहरुलाई मध्यनजर गर्दै अगामी दिनहरुमा यस्तै खालका विभिन्न विद्युतिय सेवाहरु ल्याउने योजना राखेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस