Like us!
Follow us!
Connect us!
Watch us!

विशेष छुटसहित जुत्ता,चप्पल तथा छाला जन्य बस्तुको १५ औं राष्ट्रिय औद्योगि प्रदर्शनी आजदेखि

शुक्रबार, १३ पुस २०७५, ०९ : ०८ मा प्रकाशित

विशेष छुटसहित जुत्ता,चप्पल तथा छाला जन्य बस्तुको १५ औं राष्ट्रिय औद्योगि प्रदर्शनी आजदेखि

अर्थ संसार, काठमाडौं– “राष्ट्र समृद्धीको आधार, स्वदेशी उत्पादनको प्रयोग ”भन्ने मुल नाराका साथ यस बर्ष १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना भृकुटीमण्डपमा  आजदेखि सुरु हुँदैछ । आज अर्थात पौष १३ गते देखि शुरु भएको प्रदर्शनी पौष १९ गतेसम्म प्रदर्शनी हुनेछ । प्रदर्शनीको समुद्घाटन आज शुक्रबार दिनको ठिक १२:३० बजे  उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्री   मातृका प्रसाद यादवले हुने कार्यक्रम तय भएको छ ।

पृष्ठभूमी : 

देशमा छरिएर रहेका जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरु तथा छालाजन्य वस्तुहरु  उत्पादन गर्ने उद्योगहरुलाई संगठित गरि देशलाई  जुत्ता, चप्पल र छाला जन्य वस्तुको क्षेत्रमा आत्मनिर्भर बनाउदै अन्तर्राष्ट्रिय वजारमा निर्यातका निमित्त प्रतिष्पर्धी बनाउन आईपर्ने समस्या र चुनौतिको सामुहिक रुपमा पहल र प्रयत्न गर्दै देशलाई सम्वृद्ध बनाउनका लागि यो क्षेत्रले पनि केही योगदान पुर्याउन सकोस भन्ने अभिप्रायले वि.सं २०५७ सालमा स्थापना भएको  फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल विशुद्ध बस्तुगत संगठन हो ।

यस संघले  स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ  बि. सं. २०६० साल देखि हरेक वर्ष जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको  १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरि सफलता पूर्वक सम्पन्न गरिसकेकोछ ।

प्रत्येक वर्ष आयोजना  गरिएको हाम्रो प्रदशर्नीको लोकप्रियता बढ्दै गइरहेको फलस्वरुप  यस वर्ष “राष्ट्र समृद्धीको आधार स्वदेशी उत्पादनको प्रयोग” भने मूल नाराका साथ १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७५ -15th Footwear Expo-2018-19को आयोजना गर्न पाउनु  हामी सबैले  गौरबको अनुभूति गरेका छौं ।

यस औद्योगिक प्रदर्शनीको  माध्यमबाट आम उपभोक्तका विचमा आफ्ना उत्पादनहरु परिचित गराउने, स्वदेशी उत्पादनको प्रयोगका  निमित्त अभिप्रेरित गर्ने , उत्पादक र उपभोक्ताका  बिचमा  सीधा सम्पर्क कायम गरि  उपभोक्ताका गुनासा, सल्लाह सुझावहरु प्रत्यक्ष रुपमा प्राप्त गर्ने, जुत्ता चप्पलमा प्रयोग गरिने कच्चा प्रदार्थ, गुणस्तर आदिका वारेमा उपभोक्तालाई जानकारी प्रदान गर्ने अवसरका रुपमा  यो औद्योगिक प्रदर्शनीलाई लिईएको छ ।     

नेपाली जुत्ता चप्पल र छालाजन्य वस्तुहरुको वर्तमान अवस्था                                        
                                                                                         
विद्यमान  अवस्थामा ठूला तथा मझ्यौला उद्योगहरु २२१, लेडिज चप्पल मात्र उत्पादन गर्ने उद्योगहरु १४०, दर्ता भएका संगठित असंगठित परम्परागत पेशामा आधारित अनुमानित लघु उद्योगहरु ६४०, फेल्ट तथा ह्याण्डिक्राफ्टमा आधारित ५०० गरि करिव १५०० भन्दा बढी उद्योगहरु रहेको अनुमान गरिएकोछ । सरकारी स्वामित्वमा संचालित वाँसवारी छाला जुत्ता कारखाना निजीकरण गरिएपश्चात प्रवेश गरेको निजी क्षेत्र २० वर्षको अवधिमा १५०० भन्दा बढीको संख्यामा स्थापना हुनुलाई स्वाभाविक मान्न नसकिएको भएतापनि यो क्षेत्रको आकर्षण अझ वढ्दोछ । उद्योगहरु स्थापना हुने क्रम जारी छ । निरन्तर उद्योगका संख्या वढि रहेका छन् । जुत्ता, चप्पल छालाजन्य बस्तुहरुको  उत्पादनको क्षेत्र  भनेको स्वदेशमा नै प्रशस्त रोजगारी सिर्जना गराउने महत्वपूर्ण र उर्वर क्षेत्रको रुपमा रहेकोछ ।

परम्परागत रुपमा शिप सिकेका जनशक्तिहरु क्रमशः यो क्षेत्रबाट पलायन हुदै गएको कारणवाट यो क्षेत्रको मूल समस्या भनेको दक्ष जनशक्तिकोे अभाव भएको हुंदा यस संघले  नेपाल सरकार तथा विभिन्न दातृ निकायको सहयोग लिई  पटक पटक गरि ५ वर्षको अवधिमा २००० भन्दा वढि व्यक्तिलाई तालिम दिई ति व्यक्तिहरुलाई रोजगारि समेत प्रदान गरिएकोछ । तालिम दिई दक्ष बनाईएका जनशक्तिमा करिव ९० प्रतिशत जनशक्ति महिला रहेका छन् । सानो लगानीबाट पनि जुत्ता चप्पल उत्पादनको कार्य सञ्चालन गर्न सकिने भएको तथा  परम्परागत पुख्र्यौली पेशाको रुपमा जुत्ता चप्पल उत्पादन गर्ने शिल्पीहरुको संख्या नेपालको कुनाकाप्चा सम्म छरिएर रहेका कारण यस्ता उद्योगहरुमा कति लगानी भएकोछ  भन्ने यकिनका साथ  भन्न सकिने अवस्था रहेको छैन ।

यस्ता उद्योगहरुले वार्षिक ६०० देखि ८००० जोर सम्म जुत्ता चप्पल उत्पादन गर्ने र यस्ता उद्योगहरु उपत्यका वाहिर ५०० , उपत्यका भित्र १४० गरि ६४० रहेको र आधुनिक उपकरणहरुको  प्रयोग गरि दैनिक २०० देखि २५००० जोर सम्म जुत्ता, चप्पल उत्पादन गरि उद्योगको रुपमा विकास भएका यस क्षेत्रमा संलग्न उद्यमी व्यवसायीहरु को  मात्र करिव ३० अरव भन्दा वढिको लगानी रहेको तथा ५० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको र त्यसमध्ये १६ हजार (३२ प्रतिशत) महिला कामदार रहेकाछन् ।

साथै उद्यमी व्यवसायीहरुले आप्mनो उद्योग ,व्यवसाय संचालन गर्न करिव १० अरव भन्दा बढि विभिन्न वैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिएको पाईन्छ । यसरी बैकवाट चर्को व्याज दरमा ऋण लिई विभिन्न गुणस्तरका जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरु उत्पादन गरी निकासी हुने सम्मको अवस्थामा  बैकहरुले ४ पटक सम्म अस्थिर व्याज  लिने भएको हुंदा जुत्ता,चप्पल तथा छालाजन्य बस्तुहरुको  उत्पादन लागत बढ्नगई  छिमेकी मुलुकहरु संगको प्रतिष्पर्धात्मक क्षमतामा सुधार हुन नसकी निकासी समेत घट्न गएको प्रमुख कारण मध्ये यो पनि एक हो भन्ने हामीलाई लागेको छ ।
    
नेपालीहरुको आयस्तरमा भएको वृद्धि संगै वदलिदो फेशन र बाहिरी संसार संगको वढि सम्पर्क विस्तारका कारण जुत्ता चप्पलको प्रयोग नेपालमा बढ्दै आएकोछ । खासगरि औपचारिक, अनौपचारिक, कामगर्दा लगाउने, विद्यालय, कार्यस्थल, वगैंचा, वाथरुम, भान्सा, पार्टी, घुमफिर आदिमा अलग अलग प्रकारका जुत्ता चप्पल लगाउने चलन बढेको छ भने मध्यम तथा उच्च वर्गका महिलाहरुले कपडाको रंग संग सेट मिलाएर लगाउने बढ्दो चलनले गर्दा नेपालमा जुत्ता चप्पलको उपभोग संगै उत्पादन पनि बढ्दै गएकोछ र बढ्दो क्रममा रहेकोछ ।

नेपालमा प्रति व्यक्ति वार्षिक २.६६ जोर विभिन्न प्रकारका जुत्ता चप्पल खपत हुने गरेकोछ । यस आधारमा भन्ने हो भने नेपालमा लगभग न्यूनतम ८ देखि १० करोड जोडी विभिन्न प्रकारका जुत्ता चप्पलको माग रहेको देखिन्छ । साथै नेपालमा छालाजन्य वस्तुहरु छालाका ज्याकेट, वेल्ट, पर्स, जेन्स तथा लेडिज व्याग, कि रिङ्ग, कि व्याग आदिको अत्याधिक माग रहेको तथा माथि उल्लेखित प्रत्येक वस्तुहरु प्रत्येक व्यक्तिलाई अनिवार्य आवश्यक रहको र  यी वस्तुहरुको माग करोडको संख्यामा छ तर उत्पादन भने लाखको संख्यामा पनि हुन सकिरहेको छैन ।

अधिकांश वस्तुहरु अन्य मुलुकबाट आयात हुने गरेका छन् । यी वस्तुहरु उत्पादन गर्ने  उद्योगहरुको संख्या न्यून   छ । दक्ष जनशक्तिको अभावका कारण उद्योगको विकास र विस्तार हुन सकिरहेको छैन । दक्ष जनशक्तिको उत्पादन गर्न सकेमा यो क्षेत्रमा अत्याधिक रोजगारी सिर्जना गर्न सकिने र छालाजन्य वस्तुहरुमा पनि देशलाई आत्मनिर्भर बनाउन सकिने कुरामा हामीहरु अशावादी रहेकाछौं । जुत्ता चप्पल उत्पादनमा लाग्ने कूल खर्च मध्ये ५० देखि ७५ प्रतिशत भाग कच्चा पदार्थको हुन्छ । लगभग ७५ देखि ९० प्रतिशत कच्चा  पदार्थहरुको आयात गर्नु  पर्ने भएकोले कच्चा पदार्थहरुको आयात चीन र भारत लगायत अन्य मुलुकहरुवाट समेत आयात हुने गरेको जानकारी गराउन चाहन्छु ।

जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको आयात तथा निर्यातको अवस्था लाई नियाल्दा  आ.व.२०७४\०७५ मा मात्र नेपालमा रु ४ अरव २५ करोड ६८ लाख ७७ हजार ५३६ रुपैया वरावरको ४ करोड १ लाख ६४ हजार ४३५ जोडी विभिन्न प्रकारका जुत्ता चप्पल आयात भएको देखिन्छ । नेपालमा उत्पादित १ अरव २८ करोड ५० लाख ४ हजार ८८४ रुपैया वरावरको १ करोड २१ लाख ६५ हजार ७३७ जोडी जुत्ता चप्पल निर्यात भएको देखिएको छ  । माग भएको संख्या र निर्यात भएको संख्यामा आयातित संख्या घटाउदा आ.व. २०७४\२०७५ मा नेपालमा करिब ५ करोड २० लाख १ हजार ३०२  जोडी अर्थात करिब ६५ प्रतिशत जुत्ता, चप्पल आन्तरिक रुपमा उत्पादन भएको देखिन्छ ।

एकातर्फ माग अनुसारको आपूर्ति स्वदेशी उत्पादनले गर्न सकिरहेको  छैन भने अर्कातर्पm पूर्णरुपमा उत्पादन हुने हो भने नेपालका उद्योगहरुको वार्षिक १२ करोड जोर जुत्ता चप्पल उत्पादन गर्न सक्ने क्षमता रहेको समेत रहेको हुंदा सम्पूर्ण जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुका  उत्पादन गर्ने उद्योगहरुलाई  वातावरणिय मैत्री उत्पादन, लगानी प्रवद्र्धनको माध्यबाट स्वदेशमा नै प्रशस्त रोजगारी को श्रृजना  गरि  आयातलाई प्रतिस्थापन गर्ने उदेश्यले संघको पहलमा  नेपाल सरकारको  सहयोग  र हामी निजी क्षेत्रका उद्यमी व्यसायीहरु को लगानी तथा सकृय सहभागितामा नेपाल मै पहिलोपटक  छुट्टै औद्योगिक ग्राम -Footwear Zone को स्थापना गरिएको छ । 

स्थापित औद्योगिक ग्राम -Footwear Zone संचालनको लागि आवस्यक पर्ने पूर्वाधारहरु को विकास गर्ने प्रकृयामा रहेको र आगामी पाँच वर्ष भित्रमा  नेपाली जुत्ता, चप्पल तथा छालाजन्य विभिन्न वस्तुहरु  उत्पादन गर्ने  उत्पादन मूलक उद्योगहरु -Footwear Zoneमार्फत संचालनमा आई जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरु को  निर्यात अभिबृद्धि भै आयातलाई  प्रस्थिापन गर्ने कार्यमा  महत्वपूर्ण भूमिका  खेल्ने हामीले विश्वास गरेका छौं ।

दक्षीण तर्फको खुल्ला सिमानावाट अनियन्त्रित रुपमा जुत्ता चप्पलहरु चोरी पैठारी नहुने हो र तयारी बस्तुको आयातमा न्यून बिजकिकरण नहुने हो भने नेपाली जुत्ताचप्पल उद्योगहरुको प्रतिस्पर्धि क्षमतामा ब्यापक बुद्धि भई उद्योगहरु पूर्ण क्षमतामा संचालन हुनसक्ने थियो । यति हुदाहुदै पनि नेपाली जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको क्षेत्रमा सुनौला सम्भावनाहरु पनि श्रृजना भएकाछन् । नेपाली जुत्ता चप्पल स्वदेशमा मात्र नभइ विदेशमा पनि आकर्षणको रुपमा रहेकोछ । यस पटक आयोजना गरिएको १५औं राष्ट्रिय औद्यौगिक प्रदर्शनीको विशेषता भनेको बिक्रीलाई  भन्दा  स्वदेशमा उत्पादन हुने ब्राण्डका वारेमा जानकारी गराउने प्रयास गरिएकोछ । 

आगामी दिनहरुमा नेपाली जुत्ता ,चप्पल तथा छालाजन्य बस्तुहरुको उत्पादकत्व अभिवृद्धीका साथै  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  क्षेत्रमा  हाम्रो उत्पादनको साख कायम गरी निर्यात प्रवद्र्धन गर्ने कार्यलाइ मूर्तरुप प्रदान गर्न हामी उद्यमी व्यवसायी साथीहरु सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैह« सरकारी निकायहरुबाट समेत सहयोग प्राप्त हुने  कुरामा हामी विश्वस्त रहेका छौं ।
    
गत बर्ष यसै भृकुटीमण्डपको ठूलो हलमा १४औं औद्योगिक प्रदर्शनी सम्पन्न गरेका थियौं । यस बर्ष पनि हामीले फेरी भृकुटीमण्डप स्थित मुख्य प्रदर्शनी हलमा १५औं जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरुको औद्योगिक प्रदर्शनी आयोजना गर्दैछौं । यो प्रदर्शनीमा जम्मा १४० वटा स्टल रहनेछन जसमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरु , छाला जन्य बस्तु उत्पादकहरु, र यस उद्योगहरु का लागी कच्चापदार्थ उत्पादन गर्ने उत्पादक तथा बितरकहरु को समेत सहभागीता रहनेछ । जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता ,स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योगसंग सम्बन्धित कच्चा पदार्थहरु तथा फुड स्टलहरु रहनेछन् ।

प्रदर्शनीका मुख्य उद्देश्यहरु :

  •  नेपाल भरि छरिएर रहेका उद्योगहरुबाट उत्पादन भएका जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरु उपभोक्ताहरु ले एउटै छानामुनि अवलोकन तथा छनौट गरि प्रतिष्पर्धि मुल्यमा खरीद गर्ने अवसर प्राप्त हुने ।

  •  उद्योगलाई आवश्यक पर्ने सहायक कच्चा पदार्थ उपलव्ध गराउने व्यक्ती , उद्योगी, उपभोक्ता, उद्योगी र व्यापारी, नीति नियम बनाउने सरकारी निकाय र त्यसलाई पालन गर्ने उद्यमी, राजनीतिज्ञ र उद्यमी, संचार क्षेत्रका संचारकर्मी र उद्यमी  एकैसाथ एकै ठाउमा भेला भई एक अर्काका समस्या सुन्ने र सुनाउने अवसर प्रदान गर्ने साझा मञ्चको  रुपमा स्थापित गराउनु समेत यो औद्योगिक प्रदर्शनी का मूख्य उद्देश्यहरु हुन  ।

  •    उद्योगहरुले आप्mनो उत्कृष्ट उत्पादनहरुको प्रदर्शनी गरि उत्पादन तथा निकासी अभिबृद्धि गर्ने कार्यमा सहयोग पुग्ने  ।

प्रदर्शनीकोमूल नारा :

“राष्ट्र समृद्धी को आधार स्वदेशी उत्पादनको प्रयोग” यस प्रदर्शनीको मूल नारा रहेको  छ । प्रदर्शनीले स्वदेशी व्राण्डलाई अनुशासित र मर्यादित वनाउनका निमित्त यो नारालाई महत्वका साथ उठाई रहेकोछ । नेपाली उपभोक्तालाई स्वदेशमा उत्पादित स्वदेशी व्राण्ड प्रति सजग र सचेत गराउदै विना व्राण्डका वस्तुहरु प्रति विश्वास नगरी व्राण्डेड वस्तुहरु मात्र गुणस्तरीय र उचित मूल्यका हुन्छन् भन्ने विश्वास दिलाउन यो नारालाई प्रदर्शनीको मुख्य नारा बनाईएको छ ।

यस संघले बार्षिक रुपमा आयोजना गर्ने गरेको एकल औद्योगीक प्रदर्शनी बाहेक हुने गरेका बिभिन्न सेल–मेला हरुमा यस संघको कुनै संलग्नता नरहेको पनि पत्रकार मित्रहरु लाई जानकारी गराउन चाहन्छु । भृकुटीमण्डप स्थित सानो चौरमा हुने गरेका बाह्रमासे जुत्ताचप्पल सेल मेलाले अन्तत धेरै मेहनत पश्चात नेपाली जुत्ताचप्पल प्रति प्राप्त भएको उपभोक्ताहरुको माया तथा सदभाव, बितृष्णामा परिवर्तन हुने खतरा रहेको पनि जानकारी गराउन चाहन्छौ ।

 

प्रदर्शनीका मुख्य आकर्षणहरुः
1, प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ता चप्पल र बस्तुहरुमा १५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको   छ ।
२.नयां डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।
३. शारिरीक अशक्तता तथा जेष्ठ नागरिकहरुको लागी निशुल्क प्रबेशको ब्यवस्था मिलाईने छ ।
४.स्कुल तथा कलेज बाट अवलोकनका लागी यूनिफर्ममा आउने बिद्यार्थीहरु लाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईनेछ ।
५.    सेलिब्रेटीहरुको उपस्थितिमा  विविध कार्यक्रमहरु संचालन गरिनेछ ।
६.     राष्ट्रिय पोशाक  लगाएर आउनेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।    

प्रदर्शनीको अवधि र गतिबिधिः

यस प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठुला उद्योगहरु द्वारा उत्पादीत जुत्ता ,चप्पल तथा छाला जन्य बस्तुहरुको सवै उत्कृष्ट उत्पादनहरु एउटै छाना मुनि स्वस्थ तरिकाले ११ वटा प्रायोजकहरु को भब्य पेभिलियन सहित १\१  वटा स्टलहरु प्रतिस्पर्धात्मक रुपमा रहनेछन् । प्रदर्शनी अवधिभर उपभोक्ताहरुले स्वःस्फूर्थ रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मूल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरि सुपथ मुल्यमा बस्तुहरु खरीद गर्ने अवसर पाउनेछन। यस औद्योगीक प्रदर्शनीमा उद्योगहरुले प्रयोग गर्ने कच्चापदार्थहरु समेत प्रदर्शनीमा राखिने हुनाले उपभोक्ताहरु लाई स्वदेशी उत्पादनको  गुणस्तर प्रति बिश्वास दिलाउन समेत प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा लिएकाछौं ।

स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको उत्पादनमा क्रमिक रुपमा सुधार आएतापनि आन्तरिक तथा बाह्य वजार प्रवद्र्धन गर्ने कार्यक्रमको अभाव भएको अवस्थामा यस किसिमका औद्योगीक प्रदर्शनीले स्वदेशी वस्तुको आन्तरिक एवं बाह्य वजार समेत विस्तार गर्न मद्दत पुग्नेमा हामी आशावादीछौं । विदेशी जुत्ता ,चप्पल तथा छालाजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने उद्देश्यले संचालित यस किसिमका औद्योगीक प्रदर्शनीले नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको वजार प्रवद्र्धन हुनुका साथै आयात प्रतिस्थापन लाई न्यूनिकरण  गराई निर्यात प्रवद्र्धन गर्नका लागि अत्यन्तै ठूलो सहयोग पुग्ने अपेक्षा हामीले लिएकाछौं ।

प्रदर्शनीका प्रायोजकहरुः

जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीका प्रायोजकहरु यसप्रकार रहेकाछन ।

Goledn Sponsor:

१.किरण शुज म्यानुफ्याक्चर्सको "Goldstar र हात्तिछाप चप्पलूरहेकोछ  ।

Silver Sponsor:
१.रोयल शुज इण्डष्ट्रिज प्रा.लि.को ]"Royal Shoes"
२. जयश्री प्यूटेक प्रा.लि.को "Magic"   फूटवेयर
३. शिखर शुज इण्डष्ट्रिज प्रा.लि.को   Shikhar Shoes"

SponsorM

१. के.डी.सुज ईण्डष्ट्रिको "Caliber"
२. एक्सन पोलिमर प्रा.लि.को "Milano"
 ३. नेपाल लेदर क्राफ्टको "Rhino" ब्राण्डहरु रहेका छन्।

Co-Sponsor:

१. ब्लाकहर्स ईण्डष्ट्रिज प्रा.लि.को "Black Horse''
२. यती पोलिकेम प्रा.लि. र  "Yeti Rexin"
३. हिमाली टाईगर शुज एण्ड स्लिपरर्स " H- Tiger "
४. ह्युमन वेयर लेदर गार्मेण्ट एण्ड गुड्स"Human Fit "

सहयोगि संघसंस्थाहरुः

अफिसियल मिडिया एजेन्सीमा माईण्ड स्पेस मिडिया एजेन्सी, ई – सर्भिस  नेपाल प्रा.लि , स्टल व्यवस्थापनमा     डि .एन. इभेन्ट र टेन्ट एण्ड ईभेन्ट सोलुसन, लाइट ब्यवस्थापन मा एक्झिबिसन लाइट हाउस, सेक्युरिटी सर्भिसको लागी ईन्टेल सेक्यूरिटिज सर्भिस प्रा.लि.रहेकोछ । यस प्रदर्शनीलाई नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ,  नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ लगायतको सहयोग रहेकोछ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी महिला/पुरुष , शिक्षक तथा बिद्यार्थी, कर्मचारी, मजदुर, कृषक एवं बिभिन्न क्षेत्रका उद्यमीहरु आदि सबै वर्गले उत्सुकता पूर्वक अवलोकन गर्ने अपेक्षा गरिएको छ । उत्पादन एवं बिक्री कार्यमा सुधार ल्याइ सर्वसुलभ तरिकाबाट ती उत्पादनहरु उपभोक्ताहरु माझ पु¥याउने उद्देश्य लिएर आयोजनाहुन लागेको यस प्रदर्शनीको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउदछौं । प्रदर्शनी मा करिव १ लाख ५० हजार  भन्दा बढी उपभोक्ताहरु ले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा हामीले लिएका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको