Like us!
Follow us!
Connect us!
Watch us!

विशेष छुटसहित १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

शुक्रबार, १३ पुस २०७५, ०९ : ४६ मा प्रकाशित

विशेष छुटसहित १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

अर्थ संसार, काठमाडौं– शुक्रबारबाट  भृकुटीमण्डपमा जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७५ सुरु  भएको छ ।

 “राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग” भन्ने मूलनाराका साथ यस वर्ष १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना भृकुटीमण्डपको ठूलो, प्रदर्शनीहलमा सुरु भएको छ आजबाट सुरु भएको प्रदर्शन १९ गतेसम्म चल्नेछ । प्रदर्शनीको समुद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले स्वदेशी उत्पादन प्रयोग गर्न सबैलाई आग्रह गर्दै सरकारले स्वदेशी उत्पादन गर्न जस्तोसुकै सहयोग गर्न तयार रहेको जानकारी दिए ।
 प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठूला उद्योगहरुद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको सबै उत्कृष्ट उत्पादनहरु एउटै छानामुनि स्वस्थ तरिकाले ११ वटा प्रायोजकहरुको भव्य पेभिलियनसहित १९१  वटा स्टलहरु प्रतिस्पर्धात्मक रुपमा रहने आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल जानकारी दिएको छ।

प्रदर्शनी अवधिभर उपभोक्ताहरुले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मूल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा वस्तुहरु खरीद गर्ने अवसर पाउनेछन । यस औद्योगीक प्रदर्शनीमा उद्योगहरुले प्रयोग गर्ने कच्चापदार्थहरु समेत प्रदर्शनीमा राखिने हुनाले उपभोक्ताहरुलाई स्वदेशी उत्पादनको गुणस्तरप्रति विश्वास दिलाउन समेत प्रत्यक्ष सहयोग पुग्ने आयोजकले विश्वास गरेको जानकारी दिएका छन्।

विदेशी जुत्ता ,चप्पल तथा छालाजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने उद्देश्यले संचालित यस किसिमका औद्योगीक प्रदर्शनीले नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको वजार प्रवर्धन हुनुका साथै आयात प्रतिस्थापन लाई न्यूनिकरण गराई निर्यात प्रवर्धन गर्नका लागि अत्यन्तै ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ता चप्पल र बस्तुहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ भने प्रदर्शनीमा नयाँ डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु अवलोकन गर्ने अवसर प्राप्त गरिने छ ।

यो प्रदर्शनीमा १४० वटा स्टल रहनेछन जसमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरु , छाला जन्य बस्तु उत्पादकहरु, र यस उद्योगहरु का लागी कच्चापदार्थ उत्पादन गर्ने उत्पादक तथा बितरकहरु को समेत सहभागीता रहेको छ  । जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता ,स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योगसंग सम्बन्धित कच्चा पदार्थहरु तथा फुड स्टलहरु रहनेछन । यसैबिच  फुटवयर म्युनिफ्याक्चरर्स एशोसिएसन अफ नेपालको स्मारिका समेत विमोचन गरिएको छ ।

प्रदर्शनीमा  अशक्तता तथा जेष्ठ नागरिकहरु, स्कुल तथा कलेजबाट अवलोकनका लागी यूनिफर्ममा आउने बिद्यार्थीहरु लाई निशुल्क प्रवेशको ब्यवस्था मिलाएको छ भने राष्ट्रिय पोशाक लगाएर आउनेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन ।

5c26f49615a3c.jpg 5c26f49643690.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको