Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँमा चिसो वृद्धिः अझै बढ्न सक्ने

आइतबार, १५ पुस २०७५, १४ : ५७ मा प्रकाशित

काठमाडौँमा चिसो वृद्धिः अझै बढ्न सक्ने

अर्थ संसार, काठमाडौँ– काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो । गत वर्ष डिसेम्बर ३० मा काठमाडौँको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस थियो । त्यसैले गत वर्षको तुलनामा यस वर्ष अलि बढी चिसो भएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

प्रधानाङ्गका अनुसार अब केही दिन न्यूनतम तापक्रम ० देखि २ को हाराहारीमा रहनेछ । “सिजनल इफेक्टले न्यूनतम तापक्रम घटबढ भइरहेको हो । तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसुस गरिएको छ ”, उहाँले भन्नुभयो ।

राति आकाश सफा भएकाले बिहान बेलुकी बढी चिसो महसुुस गरिएको हो । आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । सोमबार देशैभरि मौसम सफा रहने विभागले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार डडेलधुरा, मोरङ र ताप्लेजुङको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै दाङ र पोखराको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी वीरेन्द्रनगरको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । जुम्लाको न्यूनतम तापक्रम आज माइनस ७ डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै जनजीवन कष्टकर बन्दै गएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको