अर्थ संसा, काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको बाह्रौँ चरणको पहिलो खेलमा मछिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी)बीचको खेल बराबरीमा टुङ्गिएको छ ।
सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा दुबै टोलीले ५\५ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेका छन् ।
मछिन्द्रका लागि विशाल राईले दुई गोल गर्दा खामिर गलिसान, अनिल गुरुङ र भासडिया डाइमण्डले एक÷एक गोल गरे । डाइमण्डले खेल शुरु भएको तेस्रो मिनेटमा गोल गर्दै मछिन्द्रलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको नवौँ र ६३ औँ मिनेटमा विशालले दुई गोल गर्दा खामिरले खेलको २७ र अनिलले खेलको २९औँ मिनेटमा एक\एक गोल गरे ।
त्यस्तै एनआरटीका अशोक थापाले दुई गोल गरे भने सुशील लामा र विदेशी खेलाडी कौवासी जेनले एक÷एक गोल गरे । अशोकले खेलको ३२ औँ र ३४औँ मिनेटमा दुई गोल गर्दा सुशीलले खेलको मध्यान्तर हुनुभन्दा अघिको अत्तिरिक्त समयमा एक गोल थपे ।
त्यसैगरी खेलको ८५आँै मिनेटमा विदेशी खेलाडी कौवासीले एक गोल गरे भने खेलको आठौँ मिनेटमा मछिन्द्रका खेलाडी साहीद गबेन्गाले एनआरटीको लागि उपहार स्वरुप आत्मघाती गोल गरिदिए ।
खेलमा एनआरटीका अशोक थापा म्यान अफ दि म्याच घोषित भए । यस बराबरी खेलसँगै मछिन्द्र सात अङ्कसहित तालिकाको १२औँ स्थानमा छ भने छ अङ्क जोडेको एनआरटी लिग तालिकाको पुछारमा यथावत छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस