Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थालाई ‘मर्जर’मा जान राष्ट्र बैंकको प्रोत्साहन

आइतबार, २२ पुस २०७५, ११ : ०८ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थालाई ‘मर्जर’मा जान राष्ट्र बैंकको प्रोत्साहन

अर्थ संसार, काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन(मर्जर)का लागि प्रोत्साहन गर्ने नीति अख्तियार गर्ने भएको छ । बैंकले एक निर्देशनमार्फत बैंक तथा वित्तीय संस्था ऐन, २०७३ बमोजिम गाभ्ने वा गाभिई स्तरोन्नति गर्ने प्रक्रिया अवलम्बन गरे त्यसलाई प्रोत्साहन गर्ने नीति लिएको हो ।

बैंक तथा वित्तीय संस्थाले गाभिनका लागि दिने आवेदनलाई प्राथमिकता दिनेसमेत नीति लिएको छ । राष्ट्र बैंकमा त्यस्तो प्रक्रियाका लागि आवेदन दिँदा त्यस्ता संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड र धितोपत्र विनिमय बजारलाई समेत जानकारी दिन सुझाएको छ ।

प्रादेशिकस्तरका वित्तीय संस्था एकापसमा गाभिई वा प्राप्ति गरी राष्ट्रियस्तरमा परिणत हुन चाहेमा गाभिएर बन्ने संस्थाको चुक्ता पूँजी तथा पूँजीकोष केन्द्रीय बैंकले तोकेबमोजिम हुने गरी अन्य व्यवस्थामा छुट प्रदान गर्ने नीति लिइएको छ ।

यस्तै राष्ट्र बैंकले तोकेको अवधिभित्र तोकेबमोजिम पूँजी नपुर्याएको, पाँच वर्षदेखि लगातार नोक्सानीमा रहेका बैंक तथा वित्तीय संस्थालाई गाभिनका लागि प्रोत्साहन गर्नेछ । राष्ट्र बैंकले दिएको निर्देशन उल्लङ्घन गरेको र जोखिम व्योहोर्ने कोष कायम गर्न नसकेकालाई पनि गाभिनका लागि प्रेरित गर्ने नीति लिएको केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको