Like us!
Follow us!
Connect us!
Watch us!

रक्सी खाने पैसा बीमा गर्न धुर्मुस–सुन्तलीको सल्लाह

आइतबार, २२ पुस २०७५, १२ : ५८ मा प्रकाशित

रक्सी खाने पैसा बीमा गर्न धुर्मुस–सुन्तलीको सल्लाह

अर्थ संसार, डोटी– सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा आउने भनेपछि दिपायल पिपल्ला र कार्यक्रम स्थल उद्योग वाणिज्य सङ्घको चौरमा मानिसको बाक्लो भीडभाड थियो ।

एकाएक चौरको मञ्चमा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ९सुन्तली० ले हास्यव्यङ्ग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दिपायल पिपल्लाका दर्शकको तालीको गड्गडाहट सुनियो । दिपायल प्रवेश हुने डाक्टर केआई सिंह राजमार्ग साधुरो तथा खाल्डाखुल्डी भएको अवस्था झल्काउँदै नेताले सडक फराकिलो र सुधार नगरेको भन्दै कलाकारले व्यङ्ग्य गर्नुभयो ।

‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषलाई लक्षित गर्दै भन्नुभयो, “रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस ।” महिलालाई भने कलाकार सुन्तलीले बिँडी–तमाखु खाने पैसाले बीमा गर्न आग्रह गर्नुभयो ।

दोस्रोे पटक डोटीमा आएका घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौं दर्शकलाई जाँड, रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गर्नुभएको थियो । धुर्मुस र सुन्तलीका कुरा सुनेर हजारौँ दर्शकले आफ्नो जीवन बीमा समेत गराएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको