Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले शेयरधनीलाई १०.२६३ प्रतिशत लाभांश दिने

आइतबार, २२ पुस २०७५, १३ : २९ मा प्रकाशित

प्रभु बैंकले  शेयरधनीलाई १०.२६३ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं–  प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट  १०ं.२६३ प्रतिशत लाभांश दिने भएको छ ।

यही पुष २२ गते बसेको संचालन समितिको बैठकले  शेयरधनीलाई  ५ प्रतिशत बोनस शेयर र ५.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । तर, उक्त लभांश दिने निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामि वार्षिक साधारणसभाले पाति गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
 
हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड ५६ लाख ५६ हजार ९५० रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको