अर्थ संसार, काठमाडौं– मोबाइल एक्सचेन्जमा ख्यातिप्राप्त मोबाइल शप केटिएम मोबाइल सेन्टरले नेपालमै पहिलो पटक ओपो मोबाइल ग्रेट एक्सचेन्ज मेला आयोजना गरेको छ ।
चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली ग्राहकहरुलाई ओपो मोबाइल उपलब्ध गराउने उद्धेश्यका साथ ताम्राकार मोबाइल कम्प्लेक्सको तेस्रो तल्लामा रहेको केटिएम मोबाइल सेन्टरसँगको सहकार्यमा ग्रेट एक्सचेन्ज मेला आयोजना गरेको हो ।
आइतवारदेखि शुरु भएको यो ग्रेट मोबाइल एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि मोबाइल फोन साटेर ओपोका नयाँ स्मार्टफोनहरु लान सक्नेछन् ।
आइतवार आयोजित एक कार्यक्रमका बिच मोबाइल एक्सचेन्जमा ख्यातिप्राप्त र नम्बर वान मोबाइल शप केटिएम मोबाइल सेन्टरमा ग्रेट मोबाइल एक्सचेन्जको शुभारम्भ भएको घोषणा गरियो ।
ओपो ग्रेट एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना मोबाइल फोनहरु साटेर नयाँ ओपो फोनहरु लान सक्नेछन् । त्यसैगरि मेलामा ओपोका स्मार्टफोनहरु साटेर नयाँ फोनहरुमा पनि अपग्रेड गर्न सकिनेछ ।
यस मेलामा विशेषगरि कम्पनीले हालै नेपाली बजारमा ल्याएको ओपो आर १७ प्रो स्मार्टफोन आकर्षणको केन्द्रमा हुनेछ । त्यस्तै ओपो ए ३एस, ओपो एफ नाइन, ओपो ए सेभेन लगायत मोडल स्मार्टफोनहरु सूपथ मूल्यमा नै साट्न सकिने सुविधा उपलब्ध छ ।ओपोको ग्रेट मोबाइल एक्सचेन्ज मेला यहि माघ ६ गतेसम्म संचालन हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस