Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फर्निचर तथा फर्निसिङ संघमा नयाँ नेतृत्व

सोमबार, २३ पुस २०७५, १७ : ०१ मा प्रकाशित

नेपाल फर्निचर तथा फर्निसिङ संघमा नयाँ नेतृत्व

अर्थ संसार, काठमाडौं– नेपाल फर्निचर तथा फर्निसिङ संघको १९ औं बार्षिक साधारणसभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । संघको साधारण सभाले नयाँ कार्य समितिका सबै पदाधिकारी निर्विरोध रुपमा चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र जोशी, उपाध्यक्षमा दिनेश अग्रवाल र मनिष अग्रवाल चयन भएका छन् । यसैगरी महासचिवमा ओम बस्नेत, कोषध्यक्षमा पूर्ण ब्रज्राचार्य, सचिवमा अर्जुन घिमिरे र सह कोषाध्यक्षमा सुष्मा लम्साल चयन भएका छन् ।

निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल सहित संघको १९ सदस्यीय कार्य समितिमा अरुण  कुमार चौधरी, किरण वगिडिया, केदारनाथ बस्ताकोटी, योगेन्द्र कार्की, डम्बर पराजुली, रमिता श्रेष्ठ र दिलबिक्रम श्रेष्ठ सदस्यमा निर्वाचित भएकाछन् । थप ३ जना सदस्य मनोनयन हुनेछ ।

नेपाल चेम्बर अफकमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठको प्रमुख आतित्थमा संचालन भएको साधारण सभाले संघको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा चालु आर्थिक बर्षको अनुमानित बजेट समेत पारित गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको