अर्थ संसार, काठमाडौं– सनराइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच सोमबार बैंकासुरेन्स सम्झौता भएको छ ।
सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले बैकासुरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
गा्रहकहरुले सन्राइज बैंकका देशभरिका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नुहुनेछ । यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंक विश्वस्त छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस