Like us!
Follow us!
Connect us!
Watch us!

आज सेन्चुरी, लुम्बिनी र नयाँ नेपाल लघुवित्तको लिलामी शेयर आवेदन दिने अन्तिम दिन ?

बुधबार, २५ पुस २०७५, ०८ : ४९ मा प्रकाशित

आज  सेन्चुरी, लुम्बिनी र नयाँ नेपाल लघुवित्तको लिलामी शेयर आवेदन दिने अन्तिम दिन ?

अर्थ संसार,  काठमाडौं-  सेन्चुरी कमर्सियल बैंक, लुम्बिनी विकास बैंक र नयाँ नेपाल लघुवित्तले बोलकबोल प्रकृयाबाट लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने बुधवार  अर्थात आज अन्तिम दिन रहेको छ ।

सेन्चुरी कमर्सियल बैंकले संस्थापक समूहतर्फको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण समूहतर्फको ४ लाख ९ हजार १ सय ७५ कित्ता शेयर पुस १८ गतेदेखि विक्रीमा ल्याएको हो । बैंकले शेयरको न्यूनतम मूल्य  १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

आवेदकहरुले बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

लुम्बिनी विकास बैंकले संस्थापक समूहतर्फको ३ लाख ४४ हजार ९ सय ४६ दशमलव ४४ कित्ता अवितरित हकप्रद शेयर पुस १० गतेदेखि लिलामीमा ल्याएको हो । कम्पनीले शेयरको न्यूनतम मूल्य  १ सय तोकेको हुँदा सोभन्दा बढीको अंकित मूल्य गरी बोलकबोल गनुपर्नेछ ।

आवेदकहरुले बोलपत्रमा आवेदन दिँदा न्यूनतम १ सय कित्ताको लागि र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीको विक्री प्रबन्धक भिवोर क्यापिटल लिमिटेड रहेको छ ।

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको ४७ हजार ७ सय ६३ कित्ता अवितरित हकप्रद शेयर पुस १८ गतेबाट लिलामीमा ल्याएको हो । कम्पनीले शेयरको न्यूनतम मूल्य प्रतिशेयर  १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको