अर्थ संसार
काठमाडौं– देवः विकास बैंकको दशौं वार्षिक साधारण सभाले १४ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । देव विकास बैंकको चालु आर्थिक बर्षको पुस २७ सम्म ८ अर्ब ७२ करोड ६८ लाख निक्षेप संकलन, ७ अर्ब ९७ करोड २ हजार कर्जा प्रवाह तगरी १९ करोड ९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको सभामा जानकारी गराइएको छ ।
बैंकले यही माघ ९ देखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्री खुल्ला गर्ने भएकोछ । हकप्रद र वोनस शेयर वितरण गरेपश्चात् बैंकको चुक्ता पूँजी १ अर्ब ४४ करोड ५० लाख हुने जानकारी बैंकले दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस