Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

शुक्रबार, २७ पुस २०७५, ०९ : ०७ मा प्रकाशित

स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

अघिल्लो वर्षमा शत प्रतिशत बोनस शेयर वितरण गरेर चुक्तापूँजी रू. ८ अर्ब पुर्‍याएको कम्पनीले २०७४/७५ मा १७ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नगद लाभांश मात्र प्रस्ताव गरेपछि कम्पनीको शेयरमूल्यमा धेरै कमी आएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक : कम्पनी विश्लेषण (शुक्रवार, २७ पुस २०७५) कम्पनीले अघिल्लो वर्षमा शत प्रतिशत लाभांश वितरण गरेकाले यसपालि पनि बोनसको आशमा बसेका लगानीकर्ता निराश भएर शेयर बेच्न थालेपछि मूल्य घटेको हो । प्रस्तावित १७ दशमलव ५० प्रतिशत नगद लाभांश पारित गर्न कम्पनीले माघ ७ गते साधारणसभाको आयोजना गर्दै छ ।

पुस २६ गतेसम्म शेयर स्वामित्व कायम लगानीकर्ताले उक्त नगद लाभांश पाउनेछन् । बिहीवार कम्पनीको शेयरमूल्य ३ अंक बढेर रू. ६ सय ८ मा बन्द भएको छ । १ वर्षको अवधिमा कम्पनीको शेयरमूल्य उच्चतम रू. १ हजार ३८ र न्यूनतम रू. ५ सय ५० पुगेको छ ।

प्राविधिक विश्लेषण

खरीद चाप : कम्पनीको बिहीवार भएको कारोबारको अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ८ हजार १ सय ९७ किा शेयर खरीद गर्ने माग र ६ हजार ९ सय २४ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष

कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । सोही अवधिको कारोबारमा बैंकको आरएसआई न्युट्रल जोन ४५ दशमलव ७९ विन्दुमा छ । यसले शेयर खरीदविक्री सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन कम्पनीको २ दशमलव ४८ विन्दुमा छ । उतारचढाव न्यून छ ।

स्ट्यान्डर्ड डेभिएशनमा देखिएको न्यून उतारचढाबले जोखिम पनि न्यून भएको र प्रतिफल पनि न्यून रहने अवस्थालाई संकेत गर्छ । सोही अवधिको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ६ सय ८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय २५ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ६ सय मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको