अर्थ संसार, काठमाडौं– आज १२ वटा कम्पनीले वार्षिक साधारणसभा गर्दैछन् । कम्पनीले गत वर्षको खुद मुनाफाबाट प्रस्तावित लाभांश सहितको एण्डाहरु पारित गर्दैछन् ।
यी १२ वटा कम्पनीमध्ये सवै भन्दा धेरै नेपाल टेलिकमले प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिदैछ । दिउँसो ३ बजे त्रिभूवन आर्मी अफिसर्स क्लव, टुँडिखेलमा हुन गैरहेको वार्षिक साधारणसभाले बोनस सहित लेखापरिक्षक नियुक्त समेत गर्नेछ ।कम्पनीले पुष १५ गतेदेखि ३० गतेसम्म बुक क्लोजको मिति तोेकिएको छ ।
त्यसै गरी मेगा बैंक नेपालले ठिक ११ बजे राष्ट्रिय सभार्गह, प्रदर्शनी मार्गमा वार्षिक साधारणसभा डाकेको छ । बैंकले ६।८५ प्रतिशत नगद लभांश, १।००२३ प्रतिशत बोनस शेयर लगायतको एजेण्डा पारित गर्दैछ । बैकले पुष १६ गते बुक क्लोजको मिति तोकेको थियो ।
त्यसैगरी नेपाल एसबिआई बैंक लिमिटेडले विहान ठिक ११ बजे त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकालिमा २५ औं वार्षिक साधारणसभा गर्दैछ । बैंकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र १०।७९ प्रतिशत नगद लाभांश सहितको एजण्डा पारित गर्ने कार्यक्रम छ । बैंकले पुष १८ गतेदेखि पुष ३० गतेसम्म बुक क्लोजको मिति तोकेको छ ।
त्यसैगरी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १२ औंँ वार्षिक साधारणसभा लैनचोर व्याङक्वेट, लैनचौरमा ठिक ११ बजे गर्दैछ । बैंक प्रस्ताव गरेको ३।६ प्रतिशत बोनस शेयर र १।६ प्रतिशत नगद लाभांश, एफपिओ निश्कास लगायतका एजेण्डा पारित गर्नेछ । बैंकले पुष १७ गते बुक क्लोजको मिति तोकेको छ ।
त्यसै गरी हिमालयन बैंक लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा कार्की व्याङक्वेट, माइतीघरमा विहान ठिक ११ बजे गर्दैछ । बैंकले यस अघि प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर, १०।७८ प्रतिशत नगद लभांशसहितको एजेण्डा पारित गर्दैछ । बैंकले पुष १६ गतेदेखि पुष ३० गतेसम्म बुक क्लोजको मिति तोकेको छ ।
त्यसै गरी दिव्यश्वर हाइड्रोपावरले आफ्नो ४,५ र ६ औँ वार्षिक साधारणसभा योगाम्बर व्याङक्वेट सिंहदरबारमा विहान ११ बजे गर्दैछ ।यस कम्पनीले प्रबन्धपत्र, संशोधन, लोखपरिक्षक नियुक्ती लगायतको एजेण्डा पारित गर्दैछ ।
त्यसैगरी नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले आफ्नो ९ औं वार्षिकसाधारणसभा ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, रुपन्देहीमा विहान ९ बजे गर्दैछ । बैंकले १ प्रतिशत बोनस शेयर, नगद लाभांश, कार्यक्षेत्र विस्तार लगायतको एजेण्डा पारित गर्दैछ । बैंकले पुष १७ गते पुष ३० गतेसम्म बुक क्लोजको मिति तोकेको छ ।
त्यसैगरी जलविद्युत लगानी तथा विकास कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आफ्नो ७ औ वार्षिक साधारणसभा गर्दैछ । यस अघि कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर, नगदल लाभांश, १०० प्रतिशत हकप्रद शेयर निश्कासन लगायतको एजेण्डा पारित गर्ने कार्यक्रम छ । यसले पुष १७ गते बुक क्लोजको मिति तोकेको छ ।
त्यसै गरी अरुण कावेली पावर लिमिटेडले आफ्ना ७ र ८ औं वार्षिक साधारणसभा इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वरमा ठिक ११ बजे गर्दैछ । कम्पनीले संचालक निर्वाचन, लेखापरिक्षक नियुक्ति लगायतको एजेण्डा पारित गर्दैछ ।
त्यसैगरी नयाँ नेपाल लद्युवित्त वित्तीय संस्थाले १० औँ वार्षिक साधारणसभा ठिक ११ बजे गर्दैछ । संस्थाले मर्जर्एक्विजिनस, संचालक समितिको नियुक्ति लगायतको एजेण्डा पारित गर्दैछ ।
त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैकले आफ्नो १४ औं वार्षिकसाधारणसभा विहान ९ः३० बजे अमृतभोग, कालिकास्थानमा गर्दैछ । बैंकले यस अघि प्रस्ताव गरेको ४ प्रतिशत बोनस शेयर, ५.४५ प्रतिशत नगद लाभांश, मर्जर्एक्विजिसन लगायतको एजेण्डा पारित गर्ने कार्यक्रम छ । बैंकले पुष १७ गतेदेखि पुष ३० गतेसम्म बुक क्लोजको मिति तोकेको छ ।
त्यसै गरी चन्द्रगिरी हिल्सले आफ्नो ९ औं वार्षिकसाधारणसभा चन्द्रगिरी हिल्स लिमिटेड, थानकोटमा ठिक ३ बजे गर्दैछ । कम्पनीले आइपिओ निश्कासन, लेखापरिक्षक नियुक्ति लगायतको एजेण्डा पारित गर्दैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस