अर्थ संसार, काठमाडौं – आर्थिक वर्ष २०७४\७५ मा १ अर्ब २० करोड ८५ लाख ८२ हजार २०० कित्ता सेयर अभौतिकीकरण भएको छ । सिडिएस क्लियरिङ लिमिटेडकाअनुसार हालसम्म ४ अर्ब २ करोड ७२ लाख ८५ हजार ५७७ कित्ता सेयर अभौतिकीकरण भएको छ ।
कम्पनीले आव २०७४\७४ मा १८ करोड ४५ लाख ५२ हजार ६४३ रुपैयाँ आम्दानी गरेको छ । आव २०७३\७४ मा १५ करोड २१ लाख ७७ हजार ७२७ आम्दानी गरेको थियो ।
आव २०७४\७५ मा मात्रै ४ लाख २१ हजार ५२३ डिम्याट खाता खोलिएको छ ।
यस्तै कम्पनीले आ २०७४\७५ मा ५ करोड ३७ लाख ५४ हजार ५३७ खर्च गरेको छ । कम्पनीले संचित मुनाफाबाट सेयरधीलाई ६ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीले ७ ला ६६ हजार ५४८ जनालाई सिआरएन नम्बर दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस