अर्थ संसार, काठमाडौं– नेपाल एसबिआई बैंक लिमिटेडको २५ औं वार्षिक साधारणसभाले १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरको छ ।
सोमबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४\७५ को खुद मुनाफाबाट ५ प्रतिशत वोनश शेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै साधारणसभाले आ.व. २०७४\७५ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७५ को वासलात, आ.व. २०७४\७५ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गर्यो ।
बैंकले आ.व. २०७४\७५ मा रु. २७६.१७ करोड संचालन मुनाफा र रु. २०२.३५ करोड खुद मुनाफा हासिल साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७४\०७५ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
उक्त सधारणसभाले आ.ब. २०७५\७६ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस