Like us!
Follow us!
Connect us!
Watch us!

स्काईवर्थ सीईएस २०१९ मा चार अवार्डबाट सम्मानित

विहीबार, ०३ माघ २०७५, १८ : १४ मा प्रकाशित

स्काईवर्थ सीईएस २०१९ मा चार अवार्डबाट सम्मानित

अर्थ संसार, काठमाडौं–  घरेलु उपकरण उद्योगमा विश्वव्यापी चर्चा कमाएको स्काईवर्थले सीईएस २०१९ मा नयाँ उत्पादन तथा प्रविधिहरु प्रस्तुत गरेको थियो ।

सीईएस २०१९ कार्यक्रमको क्रममा  स्काईवर्थलाई २०१८–२०१९ शीर्ष ५० ग्लोबल सीईको ब्राण्ड, २०१८–२०१९ शीर्ष १० सीई ब्राण्ड, २०१८–२०१९ शीर्ष १० ग्लोबल टिभी ब्राण्ड अवार्ड प्रदान गरिएको छ । स्काईवर्थले घरेलु उपकरणको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको मान्यता पनि प्राप्त गरेको छ ।

स्काईवर्थले 65S9A/XA9000 का लागि प्रोडक्ट अवार्ड, “द एआई स्मार्ट डियोल ईकोसिस्टम टिभी एक्सपिरेन्स गोल्ड अवाड” पनि प्राप्त गरेको छ । स्काईवर्थले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सालाई सपोर्ट गर्छ जुन स्मार्ट होमका नियन्त्रण गर्ने केन्द्र बिन्दु बनिरहेको छ । यसमा शक्तिशाली PQ प्रोसेसर जडान भएको छ जसले गर्दा टिभीको उत्कृष्ट प्रदर्शन गरेर दर्शकलाई अध्भूत अनुभव सिर्जना गर्छ ।

65S9A/XA9000 बाहेक स्काईवर्थले सीईएसमा थुप्रै नवीनतम उत्पादन तथा प्रविधिहरु भित्र्याएको छ । स्काईवर्थले ८२” फ्लश माउन्ट टिभी, ६५” क्वासी पिक्सेल ब्याकलाइट टिभी ल्याएको छ । स्काईवर्थको ७७” ओएलईडी टिभी फिचर्ड डल्बी भिजन एचडिआर इमेजिंग टेक्नोलोजी छ जसले ७.१.४ डल्बी एटमस ईनेबलर होम थिएटर प्रणालीमा डेलिवरीले स्पेक्टकुलर र इमेन्स अनुभव दिन्छ ।

स्काईवर्थले  गुगल, अमेजन र अन्य टेक्नोलोजी जायन्टसँग इन्टिलिजेन्ट प्रोडक्ट इकोसिस्टम स्थापना गर्न साझेदारी गरेको छ । “ओपन, शेयर, ह्वइन–ह्वइन” को विश्वव्यापी रणनीतिमा आधारित रहेर स्काईवर्थले एआई टिभी उत्पादन गरेर एआईओटी बिग स्क्रिन इन्टिलिजेन्ट समाधान र ग्राहकहरुलाई उत्कृष्ट उत्पादन प्रदान गर्दै आइरहेको छ  ।

स्काईवर्थले विगत ४ वर्ष अगाडि लञ्च भएयता उपोभोक्ता माँझ लोकप्रियता कमाइरहेको छ । यो ग्राहकहरुको पहिलो रोजाइ बन्न सफल भएको छ । स्काईवर्थ नेपालमा मात्र नभएर विश्वव्यापी ग्राहकहरुका लागि विश्वासनीय र भरपर्दो उत्पादन भएको छ ।

ताजा समाचारहरु

अपर तामाकोशीको आइपिओ : लगानीकर्तालाई ३ दिनमा प्रतिकित्ता २११ रुपैयाँ फाइदा 

अप्पर हेवा खोलाले २० लाख कित्ता आइपिओ बिक्री गर्ने, गर्ने होइन त लगानी ? 

शेयर बजार : नेप्से र कारोबार दुवैमा गिरावट

शेयर बजारमा कम्पनी छनोटमा ध्यान दिऔं, राम्रै नाफा कमाऔं

एनआईसी एशिया बैंकमा लगानी गर्ने अवसर ! ४ अर्बको ऋणपत्र बिक्री हुँदै

साना किसानको २५ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन

सर्वोत्कृष्ट भलिबल टिमलाई जनता बैंकले पुरस्कार प्रायोजन गर्ने 

एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने पक्राउ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको