अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु बैंकको सेयर कारोबार आइतबारखुला गरेको छ । ग्राण्ड बैंक र नेपाल डेभलपमेन्ट बैंकलाई गाभेको लामो समयपछि नेप्सेले कारोबार खुल्ला गरेको हो । प्रभु बैंकलाई नेप्सेले कारोबारका लागि पिआरभियु कोड दिएको छ ।
पहिलो कारोबारमा प्रभु बैंकको सेयर मूल्य ४३ रुपैयाँले घटेर ३९५ रुपैयाँ प्रतिकित्तामा बन्द भएको छ । नेपाल राष्ट्र बैकले यसअघि गाभिनुअघिको प्रभु बैंकको मात्र सेयर कारोबार गर्न स्वीकृति दिएको थियो । त्यही पत्रका आधारमा गत असोज १७ र १८ गते दुई दिन प्रभुको कारोबार फुकुवा भएको थियो ।
त्यतिखेर समस्यामा परेको प्रभु बैंक आपसमा गाभिएर कारोबार गरेको झण्डै एक बर्षपछि संयुक्त रुपमा सेयर कारोबार खुलेको हो । कारोबार नहुँदा ग्रान्ड बैंकका लगानीकर्ता पीडामा थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस