Like us!
Follow us!
Connect us!
Watch us!
डाटा चोरी र अनधिकृत कारोबार रोकिने

सिटिजन्स बैंकले जारी गर्यो इएमभीमा आधारित चिप कार्ड

सोमबार, ०३ माघ २०७३, ०९ : ५८ मा प्रकाशित

सिटिजन्स बैंकले जारी गर्यो इएमभीमा आधारित चिप कार्ड

अर्थ संसार
काठमाडौं– सिटिजन्स बैक इन्टरनेसनलले भिसा डेविट तथा क्रेडिट कार्ड अब इएमभीमा आधारित चिप  कार्ड जारी गरेको छ । 
ग्राहकसँग रहेको पुराना म्याद नाघेको म्याग्नेटिक स्ट्रिप कार्ड नविकरण गर्दा अनिवार्य रुपमा चिप वितरण गर्ने र ग्राहकसँग रहेको म्याद ननाघेको म्यागनेटिक स्ट्रिप कार्ड परिवर्तन गर्न चाहेने ग्राहकवर्गको लागी न्यूनतम शुल्क लिई परिवर्तन गरि दिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
 
बैंकले नेपाल र भारतमा प्रयोग गर्न सकिने डोमेस्टिक डेबिट र क्रेडिट कार्डका साथै बिश्वव्यापी रुपमा प्रयोग गर्न सकिने इन्टरनेशनल डलर डेविट एवं क्रेडिट कार्ड संचालनमा छ । चिपमा आधारित कार्डको प्रयोगवाट हुने कारोवार सुरक्षित एवं भरपर्दो हुने हुँदा डाटा चोरी एवं अनधिकृत कारोवार हुने सम्भावना न्यून रहने बैंकको दावी छ ।
 
बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाबाट करिब ५ लाख ग्राहाकहरुलाई सेवा प्रदान गरिरहेको छ । बैंकको उपत्यकाभित्र २७ र उपत्यकाबाहिर २६ वटा गरी ५३ वटा एटिएम सञ्चालनमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको