अर्थ संसार, काठमाडौँ – नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका जाने नेपालीलाई दुई समय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन आग्रह गरेको छ ।
बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाकाअनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ ।
बैंकले बैंकिङ कार्यालयलगायत सम्पूर्ण कार्यालयहरु, इजाजत प्राप्त ‘क’, ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्था तथा इजाजत प्राप्त संस्थालाई उक्त निर्देशन दिएको जनाएको छ ।
विदेशी विनिमय कारोवार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई एकीकृत परिपत्र जारी गरेको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस