Like us!
Follow us!
Connect us!
Watch us!

एनआई सीएशिया बैंकद्वारा सुनसरी जिल्ला प्रहरी कार्यालयलाई सहयोग

शुक्रबार, ११ माघ २०७५, १० : ४३ मा प्रकाशित

एनआई सीएशिया बैंकद्वारा सुनसरी जिल्ला प्रहरी कार्यालयलाई सहयोग

अर्थ संसार, काठमाडौं- नीजि क्षेत्रको सवै भन्दा ठूलो बैंक एनआइसी एशिया बैंक लिमिटेडले सुनसरी जिल्ला प्रहरी कार्यालयलाई विभिन्न सामग्री प्रदान गरी सहयाग गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्लाप्रहरी कार्यालयलाई बिहीबार  सचेतनात्मक सुचनाहरु सहितका १४ थान रोड ब्यारीकेडहरु एवम् १४ थानप्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको छ ।

सुनसरी जिल्लाको सुरक्षामा सहयोग स्वरुपएनआई सी एशिया बैंक लिमिटेडबाट १४ थानरोड ब्यारीकेडहरु एवम् १४ थानप्रहरी चेकिङ्गबोर्ड हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा एनआई सी एशिया बैंकका उपप्रादेशिक कार्यालय कोशीकाप्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गर्नुभयो ।

बैंकले मुलुकभर फैलिएको आफ्नो २७५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको र भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ । यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवम् २३ वटा शाखा रहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. २१६ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १४९ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको