Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड, प्रतिशेयर आम्दानी कति ?

शुक्रबार, ११ माघ २०७५, ११ : ०९ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको  नाफा १ अर्ब २२ करोड, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब २२ करोड ९३ लाख ८६ हजार रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोही अवधिमा बैंकले अवधिमा बैंकले ९७ करोड ९९ लाख २५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

ग्लोबलले वितरण योग्य नाफा रकम पनि ९१ करोड ५९ लाख ८० हजार रुपैयाँबाट बढोत्तरी गरेर १ अर्ब १२ करोड ७० लाख ४१ हजार रुपैयाँ पुर्याएको छ ।
 
बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार गरेको छ । ग्लोबलले खुद ब्याज आम्दानी  २ अर्ब ३८ करोड १० लाख ८० हजार रुपैयाँ पुर्याएको छ । यसको सञ्चालन नाफा पनि १ अर्ब ३७ करोड ९१ लाख ९८ हजार रुपैयाबाट वृद्धि हुँदै १ अर्ब ७४ करोड ११ लाख ७४ हजार पुगेको छ ।
 
बैंकले निक्षेप संकलन र कर्जा लगानीमा पनि सुधार गरेको छ । गत वर्ष १ खर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको ग्लोबलले यो त्रैमासमा बढाएर १ खर्ब १३ अर्ब १७ करोड ५९ लाख ५३ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, कर्जा लगानी पनि ८६ अर्ब १६ करोड रुपैयाँबाट वृद्धि गरी १ खर्ब २ अर्ब ४० करोड ८४ लाख ५५ हजार पुर्याएको छ ।
 
यसको बेस रेट १०.०९ प्रतिशत र खराब कर्जा अनुपात ०.७५ प्रतिशत छ । गत वर्ष बेस रेट १०.३१प्रतिशत र खराब कर्जा १.६१ प्रतिशत रहेको थियो । यस्तै, कस्ट अफ फन्ड ७.५६ प्रतिशत छ ।  हाल ग्लोबल आइएमईको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ छ । बैंकले गत वर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी १० खर्ब नाघेको हो ।

रिजर्भ कोषमा ४ अर्ब ४८ करोड ८५ लाख ३९ हजार रुपैयाँ जम्मा भएको छ । बैंकले प्रतिशेयर आम्दानी पनि २२ रुपैयाँ ०५ पैसाबाट बढाएर २३ रुपैयाँ ८५ पैसा पुर्याएको छ । ग्लोबलको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ५३ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको