अर्थ संसार,काठमाडौं – अन्य वाणिज्य बैंकको नाफा तिव्र गतिले बढीरहेको बेला नेपाल एसिबआई बैंकको नाफा घटेको छ ।
गत २०७४ पुस मसान्तमा रु ९१ करोड नाफा कमाएको बैंकले २०७५ पुसमा मात्रै रु ९० करोड मात्रै नाफा कमाउन सफल भएको पाइउको छ ।
एसबिआईले असोज मसान्तदेखि पुस मसान्त अवधीमा निक्षेप भने रु ९४ अर्बबाट बढाएर रु ९७ अर्ब बनाएको छ । बैंकको कर्जा लगानी पनि असोज मसान्तमा रु ८४ अर्ब रहेकोमा गत पुसमा रु ९० अर्ब पुगेको छ ।बैंकको सिडी रेसियो भने ७७.७७ प्रतिशत रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी रु २ अर्ब १९ करोड गर्न सफल भएको छ । बैंक आधार ब्याज दर ९.८२ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ५.९१ प्रतिशत रहेको छ । बैंकको ०.१९ प्रतिशत खराब कर्जा रहेको बैंकको प्रति सेयर आम्दानी २४ रुपैंयाँ २१ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस