अर्थ संसार
काठमाडौं– नबिल बैंकले धितोपत्रमा आवेदन गर्दा बैंक खातामै रकम रोक्का राख्ने (आस्बा) प्रणाली कार्यान्वयन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।आश्बा पद्दतिमा शेयर तथा धितोपत्रको कारोबार गर्दा आवेदन फारममा माग गरिएको संख्याको आधारमा आवश्यक रकम आवेदकको बैंक खातामै राखिन्छ । उक्त रकम शेयरको बा“डफ“ाडपश्चात खाताबाट आवश्यक रकम कट्टा गरी बा“की रकम फुकुवा गरिन्छ ।
नबिल बैंकको आश्बा सदस्यताबाट बैंकले आफ्ना ग्राहकहरुलाई शेयर बा“डफ“ाडपश्चात चेक सकंलन गर्ने, फिर्ता गरेको चेक संकलनमा ढिलाई हुने जस्ता झन्झटहरुबाट मुक्त पार्ने विज्ञप्तिमा जनाइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले आश्बा सदस्यता सेवाले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने बताए । उनले शेयर कारोबार गर्ने विद्यमान झन्झटिलो प्रक्रियाबाट मुक्ति दिलाउने धारणा व्यक्त गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस