Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकले खोल्यो एकै दिन पाँच नयाँ शाखा

विहीबार, ०९ फागुन २०७५, १२ : ०९ मा प्रकाशित

ज्योति विकास बैंकले खोल्यो एकै दिन  पाँच नयाँ शाखा

अर्थ संसार, काठमाडौं–  ज्योति विकास बैंक लिमिटेडले एकै दिन पाँच नयाँ शाखा खोलेको छ । बैंकले बुधबारभक्तपुर जिल्लाको बोडेमा,  काभे्रको बनेपामा तथा काठमाण्डौ जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा समेत गरि एकै दिन पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको हो ।

 कुन शाखा कसले उद्घटान गरे ?

मध्यपुर थिमी नगरपालिका वडा नं ८, बोडेचोकमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष  देवकृष्ण मोय श्रेष्ठ तथा बैंकका संचालक  जगदिश्वर प्रसाद अधिकारी द्वारा  एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

त्यसै गरी काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं ७ बनेपा बजारमामा रहेको शाखाको पनि प्रमुख अतिथी बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिँह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीद्वारा  संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

त्यसैगरि काठमाण्डौ जिल्लाको  शंखरापुर नगरपालिका वडा नं ६, साखुँ बजारमा रहेको नयाँ शाखा प्रमुख अतिथी शंखरापुर नगरपालिकाका मेयर  सुवर्ण श्रेष्ठ तथा बैंकका सञ्चालक  छत्रमान श्रेष्ठद्वारा र कीर्तिपुर नगरपालिका वडा नं. ९, नयाबजार काठमाण्डौमा रहेको शाखा पनि औपचारीक उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका अध्यक्ष  हरि चन्द्र खड्का द्धारा गर्नुभयो ।

त्यसै गरी चन्द्रागिरी नगरपालिका वडा नं १२, बलम्बुमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्रबँैकका डेपुटी गर्भनर शिबराज श्रेष्ठ द्धारा उद्घाटन गर्नुभयो । सो अबसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले सरकारले लिएको निती अनुसार सहुलियतपुर्ण कर्जामा बैंकले ध्यान दिदै डिजिटल भुक्तानी तिर अग्रसर हुदै बित्तिय साक्षरतामा समन्वय गर्न आग्रह गर्नुभयो । बैंकमा कारोबार सुरक्षित छ र नियमनका सम्पुर्ण प्राबधानहरु पुरा गरेकाले ढुक्क भइ कारोबार गर्न सुझाब दिनुभयो । स्थानीय जनप्रतिनिधीहरुले पनी बैकहरुसंग सहकार्य गर्दै देश समृद्व बनाउने अभियानमा लाग्न अनुरोध गर्नुभयो ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.६३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २१ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बैंकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुग्नेछ ।  


    

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको