चालू आवको दोस्रो त्रैमासमा ज्योति विकास बैंकले रू. १७ करोड नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ६१ प्रतिशत बढी हो । कम्पनीले गत आवमा रू. १४ करोड २५ लाख नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा ३६ प्रतिशत र सञ्चालन मुनाफा २१ प्रतिशत बढेपछि नाफा बढेको हो ।
कम्पनीले ज्योति बम्पर सेभिङ एकाउन्टअन्तर्गत न्यूनतम मौज्दात रू. १००, वैदेशिक मुद्रा कारोबारमा विशेष छूट, निःशुल्क बीमा सुविधा, निःशुल्क मोबाइल सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क आस्बा, सी–आस्बा, निःशुल्क इन्टरनेट बैंकिङ र लकर सुविधामा विशेष छूट दिएको छ ।
कम्पनीको ११औं सभाले ८ दशमलव ४ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभामा संस्थापक समूहको शेयर स्वामित्व ६० दशमलव ४५ प्रतिशत रहेकाले संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशत कायम गर्न यसतर्फको बाँकी शेयर सर्वसाधारणमा शेयर परिवर्तन गर्न स्वीकृति दिएको छ ।
कम्पनीका ३२ ओटा शाखा छन् भने राप्ति भेरी विकास प्राप्तिपछि ६ ओटा शाखा थप हुनुका साथै २२ ओटा नयाँ शाखा सञ्चालनमा आएकाले जम्मा ६० ओटा शाखा कायम छन् । आगामी दिनमा थप ३० ओटा शाखा विस्तार गर्ने कार्य भइरहेको र हाम्रो विकास बैंकको प्राप्तिपछि ७ ओटा शाखा र एउटा एक्स्टेन्सन काउन्टर थप हुने जानकारी कम्पनीले दिएको छ ।
बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
-
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १७ करोड ४ लाख नाफा आर्जन गरेको छ । कम्पनीले गत आवमा रू. १४ करोड २५ लाख नाफा कमाएको थियो । यो गत आवको तुलनामा १९ प्रतिशत बढी हो । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा ३६ प्रतिशत बढी छ । गत आवमा रू. ३४ करोड १५ लाख रहेको खुद ब्याज आम्दानी चालू आवमा रू. ४६ करोड ६६ लाख पुगेको छ ।
-
कम्पनीको सञ्चालन मुनाफा गत आवको तुलनामा २१ प्रतिशत बढेर रू. २६ करोड ७६ लाख पुगेको छ । कम्पनीको फिक्स सम्पत्ति रू. २४ करोड ३६ लाख छ भने अन्य सम्पत्ति रू. ३७ करोड ९५ लाख छ ।
-
कम्पनीले ब्याजबाट रू. १ अर्ब ४० करोड आम्दानी गरेको छ भने ब्याज खर्च रू. ९३ करोड ३७ लाख छ । कम्पनीको कर्मचारी खर्च रू. १३ करोड ५० लाख छ । कम्पनीको विविध सञ्चालन खर्च रू. १० करोड ९५ लाख छ ।
-
कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव १४, पीई रेशियो १० दशमलव ५० प्रतिशत, प्रतिशेयर नेटवर्थ रू. १ सय १७ दशमलव ६४, प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. १ हजार १ सय २८ दशमलव ६८ छ भने तरलता अनुपात २४ दशमलव ८२ प्रतिशत छ ।
-
अर्निङ पावर रेशियो : ०.९८१२५ गुणा
-
अर्निङ यिल्ड रेशियो : ९.५९ प्रतिशत
प्राविधिक विश्लेषण
खरीद चाप : कम्पनीको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्रीचापको तुलनामा खरीद चाप बढी छ । कारोबारको अन्तिम समयमा १९ हजार ५ सय ५० कित्ता शेयर खरीद र ६ हजार १ सय ३७ कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६६ दिनको शेयर कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन ओपनिङ कालो मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्छ । सोही अवधिको कारोबारमा आरएसआई न्युट्रल जोन ४८ दशमलव ६७ स्केलमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ९७ विन्दुमा छ । यस अवधिमा उतारचढाव न्यून छ । कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिनेले २६ दिने औसत रेखालाई काटेर तल गएको छ । हालको मूल्यले यी दुवै रेखालाई काटेर माथि गई तल आएको छ । १४ दिने रेखा र हालको मूल्य एकआपसमा जोडिएका छन् । यदि हालको मूल्य रू. १ सय ३७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ३९ मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा १ सय ३६ मा टेवा पाउन सक्छ ।अभियानबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस