Like us!
Follow us!
Connect us!
Watch us!

श्री स्टिलको टिएमटी छड बजारमा

शुक्रबार, १० फागुन २०७५, ११ : ०३ मा प्रकाशित

श्री स्टिलको टिएमटी छड बजारमा

अर्थ संसार, काठमाडौं– नेपाली बजारमा जापानी प्रविधिबाट नयाँ टिएमटी छड श्री स्टिल्सको उत्पादन सुरु भएको छ ।

केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा उमा ग्रुप अफ इण्डस्ट्रिजको संयुक्त लगानीमा श्री स्टिल टिएमटी उत्पादन सुरु भएको हो। प्रमाणित प्रविधिको प्रयोग गरी भैरहवास्थित कारखानाबाट श्री स्टिल उत्पादन सुरु गरकोे बताइएको छ ।

श्री स्टिल एफई ५०० जापानी प्रविधिबाट स्वचालित प्लान्टमा उत्पादन हुने  कम्पनीले जनाएको छ ।

श्री स्टिल उच्च गुणस्तरीय प्राइम बिलेटबाट बन्ने हुँदा यो अत्यन्तै भूकम्पप्रतिरोधी छ । यसमा उच्च लचकता, उन्नत जोडाइ, उत्कृष्ट बचत, उच्च शक्ति, अग्निप्रतिरोधक क्षमता, एकै प्रकारको तौल तथा लम्बाइ अनुपात एवं विश्वको उच्चस्तरीय जापानी प्रविधिजस्ता विशेषता रहेका छन्।

प्रतिघन्टा उत्पादन क्षमता ४० टन रहेको श्री स्टिल्सबाट दैनिक ८ सय टन छड उत्पादन हुने कम्पनीको दाबी छ । यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको जापानी डिजाइनमा निर्मित सिक्स स्ट्यान्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्रान्ड रहेको कम्पनीका प्रबन्ध निर्देशक मनोज केडियाले जानकारी दिए । 

ब्रान्ड एम्बेसडरमा लामिछाने  कम्पनीले बजार प्रवद्र्धनका लागि ‘८ को दम, अभियान र सिद्ध प्रविधिको शक्ति’ नाराका साथ सञ्चारकर्मी रवि लामिछानेलाई ब्रान्ड एम्बेसडर बनाएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको