Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकले पनि पायो आस्वाको सदस्यता

विहीबार, ०६ माघ २०७३, १० : २१ मा प्रकाशित

एनसीसी बैंकले पनि पायो आस्वाको सदस्यता

अर्थ संसार
काठमाडौं–नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र आवेदन गर्दा खातामै रकम रोकेर राख्ने (आस्बा) प्रणालीको सदस्यता पाएको छ । यस प्रणालीबाट शेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामै रोक्का राखिन्छ । शेयर बाँडफाँड पश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ ।

यस सेवाबाट एनसीसी बैंकमा खाता भएका ग्राहक प्राथमिक निष्कासनको समय आवेदन बुझाउन घण्टौं लाईन बस्नुपर्ने, बाँडफाँडपश्चात् चेक संकलन गर्नु पर्ने, चेक क्लियरिङ्ग गर्नुपर्ने जस्ता समस्याबाट मुक्त हुने बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको