Like us!
Follow us!
Connect us!
Watch us!

“Belt and Road Initiative: Nepal Connecting the World- Benefits and Challenges”  सम्मेलन आगामी   फेब्रुअरी र २७मा हुँदै

आइतबार, १२ फागुन २०७५, १९ : ०७ मा प्रकाशित

“Belt and Road Initiative: Nepal Connecting the World- Benefits and Challenges”  सम्मेलन आगामी   
फेब्रुअरी  र २७मा हुँदै

नेपालमा मात्र नभई संसारभरि सकारात्मक प्रभाव पार्ने मित्रराष्ट्र चीनले प्रस्ताव गरेको Belt and Road Initiative (BRI)  सम्बन्धि विभिन्न अभियानहरु विश्वब्यापी रुपमैसंचालन भईरहेका छन्। सोहि सन्दर्भमा गत वर्ष चीनको राजधानी बेइजिङ्गमा विश्वका ३३ वटा देश र संस्थाहरु सहभागी भई Belt and Road International Transport Alliance (BRITA) नामक अन्तराष्ट्रिय संगठनको समेत निर्माण भएको छ । जसमा नेपालबाट नासा फाउन्डेसन सो संगठनको बोर्ड मेम्बरको रुपमा रहेको छ भने, तुन्दी कन्स्ट्रक्सन लगायतका संघसंस्थाहरु समेत सदस्यको रुपमा रहेका छन् । China Highway and Transportation Society ले सचिवालयको कार्य गरिरहेको उक्त संगठन
विश्वव्यापी रुपमा फैलदो छ ।

उक्त संगठनले मुलत ः BRI सम्बन्धि नीतिगत कार्यमा सहयोग, प्राविधिक शिप तथा ज्ञान हस्तान्तरण, जनस्तरबाट सहभागिता, BRI का विभिन्न पक्षहरुमा सुझाव तथालबिङ्ग, सभा, समारोह, तालिम तथा अध्ययन—अनुसन्धान लगायतका कार्यहरु गर्दछ । यसको मुख्य कार्य क्षेत्र सडक र सवारी, Cross-Boarder Connectivity, Safer and Sustainable Mobility  लगायत रहेका छन्। सो संगठन स्थापना सम्मेलन (बेइजिङ्ग) पश्चात दोस्रो अन्तराष्ट्रिय सम्मेलन “Belt and Road Initiative: Nepal Connecting the World- Benefits and Challenges”  आगामी February २६ र २७ तारिकका दिन कुपण्डोल, ललितपुर स्थित होटल हिमालयमा आयोजना हुनगईरहेको छ । उक्त सम्मेलनको मूल विषयहरु Nepal with BRI, Infrastructure Development, Drive Tourism and Trade, Transport safety र Safe and Sustainable Mobility  रहेका छन्। 

5c729a977bded.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको