Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआइले हकप्रद जारी गर्दै, एनएमवि क्यापिटललाई नियुक्त गर्यो इस्यु मेनेजर

विहीबार, ०६ माघ २०७३, १२ : २४ मा प्रकाशित

नेपाल एसबिआइले हकप्रद जारी गर्दै, एनएमवि क्यापिटललाई नियुक्त गर्यो इस्यु मेनेजर

अर्थ संसार

काठमाडौं–नेपाल एसबिआइ बैंकले ४० प्रतिशत हकप्रद निस्काशन गर्न प्रक्रिया अगाडि बढाएको छ । बैंकले एनएमवि क्यापिटललाई हकप्रद निस्कासन बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले १ करोड ९९ लाख १९ हजार ४ सय ३३ कित्ता हकप्रद सेयर निस्कासन गर्ने तयारी गरेको छ । 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चालुक आर्थिक बर्षको अन्त्यसम्म ८ अर्ब पूँजी पुर्याउन बैंकले हकप्रद निस्कासन गर्न लागेको हो । बैंकले भर्खरै फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरेको थियो । बैंकले गत बर्षको नाफाबाट २८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । एफपिओ र बोनसपछि कायम हुने चुक्तापूँजीको १० कित्ता बराबर ४ का दरले हुन आउने रकम बराबर हकप्रद जारी गरिने बैंकले जनाएको छ । 

58806022b2c21.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको