अर्थ संसार, काठमाडौं–ग्राहक वर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बीमा योजनाहरु सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन बार्षिक अग्रिम भुक्तानी जीवन बीमा नामक नयाँ योजना नेपालीहरु माझ प्रस्तुत गरेको छ ।
काठमाडौंमा सम्पन्न एक कार्यक्रम मार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलद्वारा उक्त योजना बजारको लागि सार्वजनिक तथा शुभारम्भ गरिएको थियो ।
बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमाअवधिभर जोखिम बहन गर्नुका साथै भैपरी आउने समस्याहरुमा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पुर्याउने उद्देश्यले वार्षिक रुपमाबीमाङ्कको पाँचप्रतिशत रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ ।
यस विशेषताले ग्राहकहरुलाई बीमा योजनाअनुसारको आफ्नो बीमा शुल्क भुक्तानीको भार व्यवस्थापन गर्न समेत अझ सरल र सहज गराउनेछ ।
२०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छोटो समयमा नेपाली जीवन बीमा कम्पनीहरुमाझ आफ्नो उपस्थिती सशक्त बनाउन सफल भएको छ ।
नेपालभर फैलिएको सिटिजन लाईफ इन्स्योरेन्सको ६२ वटा कार्यालयहरुमा २०० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् ।
नेपालीहरुको आवश्यकता र जोखिमलाई न्यूनगर्नको निमित्त विभिन्न आकर्षक जीवनबीमा योजनाहरु उपभोक्ताहरुमा झल्याउन सदैव तत्पर सिटिजन लाइफ यस आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमा शुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १२० प्रतिशत भन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पौष मसान्त सम्ममा रु.२४५ करोडको लगानी गर्न सफल भएको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस