अर्थ संसार, बार्सिलोना– स्पेनको बार्सिलोनामा आयोजना भएको मोबाइल वल्र्ड कंग्रेस–एमडब्लुसी २०१९ मा कार्यक्रम आयोजक जीएसएमएबाट ह्वावे कन्ज्युमर बिजनेस ग्रुप बीजीले पुरस्कार प्राप्त गरेको छ ।
सो मोबाइल वर्ल्ड कंग्रेसमा ह्वावेको मेट ट्वान्टी प्रो ले सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार पनि जित्न सफल भयो । शक्तिशाली कार्यक्षमता, सर्वोत्कृष्ट क्यामरा प्रणाली, लामो समयसम्म टिकाउ हुने ब्याट्री, नवीन प्रविधियुक्त चार्जिङ र आकर्षक डिजाइनका लागि मेट ट्वान्टी प्रो ले सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार हासिल गरेको हो ।
विश्वभर रहेका प्रयोगकर्ताहरूलाई सर्वोत्कृष्ट उत्पादनहरू र उत्कृष्ट अनुभव प्रदान गर्ने र अग्रणी प्रविधिहरू प्रयोग गर्ने ह्वावेको प्रतिबद्धतालाई यो पुरस्कारले प्रमाणित गरेको छ ।
“ह्वावेको मेट ट्वान्टी प्रो लाई दिएको यो सम्मानका लागि जीएसएमएलाई धन्यवाद दिन चाहान्छौँ । ह्वावेको मेट ट्वान्टी सिरिजमा कम्पनीको सबैभन्दा नवीन डिएनए र सबैभन्दा महत्त्वपूर्ण रूपमा अभूतपूर्व प्रविधिले प्रयोगकर्ताहरूलाई मोबाइलफोन प्रयोगको अतुलनीय र उत्कृष्ट अनुभव प्रदान गर्दछ ।
ह्वावे मेट ट्वान्टी प्रो को उच्च बिक्रीको आँकडाले विश्वभरका ग्राहकहरूको माया र विश्वास जितेको पुष्टि गर्दछ। अभूतपूर्व प्रविधिमार्फत् हामी हाम्रा ग्राहकहरूसमक्ष सर्वोत्कृष्ट उत्पादनहरू र अनुभव प्रदान गर्न सदा प्रतिबद्ध छौँ ।” ह्वावे कन्ज्युमर बिजीअन्तर्गतको ह्यान्डसेट बिजनेसका अध्यक्ष केभिन हो ले भन्नुभयो ।
जीएसएमएद्वारा सुरूमा मनोनीत र त्यसपछि सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार प्राप्त ह्वावे मेट ट्वान्टी प्रो ह्वावेको फ्याल्गशीपको पछिल्लो स्मार्टफोन हो । ह्वावेको मेट ट्वान्टी प्रोमा विश्वकै पहिलो ७ एनएम मोबाइल एआई किरिन ९८० जडान गरिएको छ जसले मोबाइलफोनलाई उच्च कार्यक्षमता र टिकाउ ब्याट्री प्रदान गर्छ।साथै यो स्मार्टफोनले ४० वाट ह्वावे सुपरचार्जलाई सपोर्ट गर्दछ जुन बजारमा उपलब्ध सबैभन्दा छिटो चार्ज हुनेमध्येको एउटा सलुसन हो।
त्यसैगरी १५ वाट ह्वावे वायरलेस क्वीक चेन्ज र वायरलेस माध्यममार्फत् अन्य मोबाइल फोनहरू र अन्य विद्युतीय उपकरणहरू पनि चार्ज गर्न मिल्ने रिभर्स वायरलेस चार्जिङ पनि यो स्मार्टफोनले सपोर्ट गर्दछ ।
यस स्मार्टफोनको पछाडि लाइका अल्ट्रा वाइड लेन्सजडित म्याट्रिक्स क्यामरा प्रणाली जडान गरिएको छ। यसबाट वाइड एंगल फोटोग्राफी र टाढाको दूरीमा रहेको तस्वीरहरू पनि खिच्न सकिन्छ । ह्वावेको मेट ट्वान्टी प्रो मा इएमयूआई ९.० जडान गरिएको छ जुन ह्वावको प्रकृतिबाट प्रेरित एन्ड्रोइड कस्टम अपरेटिङ प्रणाली हो। त्यसमा इशाराबाट नेभिगेसन हुने र अन्य फोनहरूमा नभएका कैयौँ नयाँ विशेषताहरू रहेका छन् ।
जीएसएमएले विश्वभरका मोबाइल संचालकहरूको प्रतिनिधित्व गर्दछ र यसको बृहत् मोबाइल इकोसिस्टक अन्तर्गत ७ सय ५० भन्दा बढी संचालकहरू र ३ सय ५० भन्दा बढी कम्पनीहरूलाई एकताबद्ध गर्दछ ।
जीएसएमएले वार्षिक रूपमा बार्सिलोना, लस एन्जलस र सांघाईमा मोबाइल वर्ल्ड कंग्रेस–एमडब्लुसी कार्यक्रमहरू र मोबाइल ३६० सिरिजको क्षेत्रीय सम्मेलनहरूको आयोजना गर्ने गर्दछ ।
“ग्राहक– पहिला” भन्ने मूलमन्त्रबाट अभिप्रेरित ह्वावेले सबै मानिसहरूले डिजीटल जीवनको फाइदाहरू उपभोग गर्न सकून् भनेर प्रतिबद्ध छ । फाइभ जी प्रविधि आगमनका क्रममा रहेपनि ह्वावेले फाइभ जीका पूरै उत्पादनहरूको विकास गरिसकेको छ र प्रयोगकर्ताहरूलाई पूर्ण सिन्क्रोनाइज्ड अनुभव प्रदान गर्ने गर्दछ ।
मोबाइल वल्र्ड कंग्रेस–एमडब्लुसी २०१९ मा ह्वावेले कम्पनीकै पहिलो फाइभ जी फोल्डेबल फोन ह्वावे मेट एक्स, ह्वावे मेटबुक एक्स प्रो, ह्वावे मेटबुक फोरटिन र ह्वावे मेटबुक थर्टिन तथा ह्वावे फाइभ जी सीपीई प्रो पनि सार्वजनिक गर्यो ।
ह्वावे कन्ज्युमर बीजीको बारेमा
ह्वावेका उत्पादन तथा सेवाहरू १ सय ७० देशहरूमा उपलब्ध छ तथा विश्वका एक तिहाई जनसंख्याले यसको प्रयोग गर्दछ । संयुक्त राज्य अमेरिका, जर्मनी, स्वीडेन, रुस, भारत तथा चीनमा पन्ध्र वटा आर एण्ड डी सेन्टरहरू स्थापना गरिएका छन् ।
ह्वावेको तीनवटा व्यवसायिक इकाईहरूमध्येको ह्वावे कन्ज्युमर बीजी एक हो तथा स्मार्टफोन, कम्प्युटर, ट्याब्लेट, वेयरएबल तथा क्लाउड सेवाहरू प्रदान गर्छ । ह्वावेको विश्वव्यापी संजाल टेलिकम उद्योगको झण्डै तीस वर्षको दक्षतामाथि बनेको छ तथा विश्वभर रहेका उपभोक्ताहरूलाई पछिल्लो प्राविधिक विकासहरू उपलब्ध गराउन समर्पित रहँदै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस