अर्थ संसार, काठमाडौं– बिश्व प्रसिद्ध मिशेलिन टायरको बिशेष शोरुम हालै काठमाडौंको टेकुमा खोलिएको छ । उक्त शोरुमको सिप्रदि ग्रुप अफ कम्पनीका सीईओ राजन बाबु श्रेष्ठ, मिशेलिन इन्डियाका क्षेत्रीय बिक्रि प्रबन्धक सत्यप्रसाद तथा श्याम ट्रेडिंगका श्याम कार्कीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
उक्त समारोहमा सिप्रदि ग्रुप अफ कम्पनिजका सीइओे राजेश प्रसाद गिरि, सोहि कम्पनीका उपाध्यक्ष सौरभ राज थपलिया तथा सिप्रदि अटोपार्ट्स महाप्रबन्धक युवराज बुढाथोकीको पनि उपस्थिति थियो । उक्त शोरुमले सबै प्रकारका व्यापारिक एवं यात्रुवाहक गाडीहरु लगायत दुइ पाङ्ग्रे सवारी साधनहरुको लागि समेत आबस्यक उच्च गुणस्तरीय टायर उपलब्ध गराउने छ ।
उद्घाटन समारोह पछि प्लैटिनम होटलमा ग्राहक भेटघाट कार्यक्रम राखिएको थियो । उक्त भेटघाट कार्यक्रममा उद्घाटन समारोहमा उपस्थित महानुभावहरुका अतिरिक्त विभिन्न प्रकारका सवारी साधनहरुका १०० भन्दा बढी ग्राहकहरुको समेत सहभागिता थियो ।
कार्यक्रममा सत्य प्रसादले कम्पनीको झलकका साथै बजारको बिश्वब्यापी अवस्था बारे प्रकाश पार्नु भएको थियो भने युवराज बुढाथोकीले नेपालमा मिशेलिन टायरको आगामी ब्यापारिक रणनीति एवं अन्य टायरको तुलनामा मिशेलिन टायरको लागत लाभ विश्लेषण समेत प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा मिशेलिन टायरका बजार सम्भाव्यता बारेको भिडियो समेत देखाइएको थियो । औपचारिक कार्यक्रम पछि रात्रिभोजको आयोजना गरिएको थियो जहा ब्यबस्थापन टोली र ग्राहकका बीच फलदायी अन्तरकृया भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस