Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले मुद्धतिमा साँडे ९ प्रतिशत ब्याज दिने

विहीबार, ०६ माघ २०७३, १५ : ३२ मा प्रकाशित

सिटिजन्स बैंकले मुद्धतिमा साँडे ९ प्रतिशत ब्याज दिने

अर्थ संसार
काठमाडौ–सिटिजन्स बैंक इन्टरनेसनलले मुद्दति खातामा रकम जम्मा गर्नेलाई र्र्र्वािर्षक ९.५ ब्याज प्रदान गर्ने योजना ल्याएको छ । बैंकले १ सय ८० दिने मुद्दति खातामा यति ब्याज दिइने बैंकले जनाएको छ । उक्त मुद्दति निक्षेप योजनामा सहभागी हुन ग्राहकले बैंकको जुनसुकै शाखाबाट खाता खोल्न सक्ने बताइएको छ ।

यसका साथै बैंकले नेपाल धितोपत्र बोर्डबाट आस्वाको सदस्यता प्राप्त गरेपछि माघ १ गतेदेखि आफना सम्पूर्ण शाखाहरुवाट साधारण सेयर भर्दा रकम खातामै राख्ने ब्यवस्था मिलाएको विज्ञप्तिमा जनाइएको छ । लगानीकर्ताले यस प्रणालीबाट आइपिओ र एफपिओमा लगानी गर्दा खातामै रकम रोक्का राखी दिने र शेयर बाँडफाँडमा परे बमोजिम रकम मात्र कट्टा गरी बाँकी रकम खातामा फुकुवा गर्ने व्यवस्था हुने छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको