Like us!
Follow us!
Connect us!
Watch us!

उद्यमी सौन्दर्य मेला हुने, सौन्दर्य सामग्रीका ६० वटा स्टल रहने

विहीबार, ०६ माघ २०७३, १६ : ४२ मा प्रकाशित

उद्यमी सौन्दर्य मेला हुने, सौन्दर्य सामग्रीका ६० वटा स्टल रहने

अर्थ संसार
काठमाडौं–सौन्दर्य कला ब्यवसायी संघले दोस्रो उद्यमी सौन्दर्य मेला गर्ने भएको छ ।ठूलो संख्यामा रोजगार पाइरहेको सौन्दर्य व्यवसायलाई नयाँ र गुणस्तरीय उत्पादनका साथै नयाँ प्रविधिबारे चेतनामूलक जानकारी दिन तथा स्वदेशमा उत्पादन भएका वस्तुहरुको बजारीकरण गर्न सघाउन मेला आयोजना गर्न लागिएको संघले जनाएको छ । मेलामा माघ १४ देखि १६ सम्म हुने छ ।

नेपाल उद्योग बाणिज्य महासंघको ५० औं स्वर्ण जयन्तीको अवसरमा हुने मेलामा सौन्दर्य सामाग्री उत्पादक कम्पनीहरु, जडिबुटीवाट उत्पादीत स्वदेशी सौन्दर्य सामग्रीहरु, आयातकर्ता, बिक्रेतालगायतको सहभागीता रहने जनाइएको छ । मेलामा कस्मेटिक र मेकअप, स्किन केयर, बडी केयरका सामग्रीहरु, पफ्युम, हेयर केयरका उत्पादनहरु, व्युटी र हेयर केयरका उपकरणहरु, स्पा र वेलनेस उत्पादनहरु, हात र नङको हेरचाह गर्ने सामाग्रीहरु, प्राकृतिक उत्पादनहरु, भिटामिन र मिनरल्स, सेम्पु, प्याकेजिङका सामग्रीका साथै कच्चा पदार्थ, हेल्थ एन्ड फिटनेस सामग्री प्रदर्शन गरिने संघले जनाएको छ ।

मेलामा कार्यशालागोष्टी, पोष्टर प्रदर्शनी, फेसन सो, फोटो सुटसमेत हुनेछ । मेलामा सहभागीहरुको मनोरञ्जनका लागि साङ्गगीतिक कार्यक्रमसमेत आकर्षणको रुपमा रहनेछ । सौन्दर्य प्रशोधन प्रयोग गर्ने तरिकाका साथै ब्युटी पार्लरमा प्रदान गरिने सौन्दर्य सेवाको प्रत्यक्ष प्रयोगात्मक विधि देखाईने भएको छ । बजारमा नक्कली तथा म्याद गुज्रेका सौन्दर्य सामग्री देखिन थालेकाले त्यसबारे प्रयोगकर्तालाई सचेत गराउन मेलामा छुट्टै स्टल राखिने आयोजकको भनाइ छ । मेलाको मुख्य प्रायोजन सौन्दर्य सामग्री उत्पादक कम्पनी बेरिनाले गरेको छ । मेलामा ६० वटा स्टल रहने छन् । अधिकांश स्टल बुक भइसकेको आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको