अर्थ संसार, काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठुला पुर्वाधार तथा योजनाहरुमा जोड दिँदै साना तथा अत्यावश्यक कामहरुलाई प्राथमिकतामा राख्नु पर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाहरुले बताएका छन् ।
सरकारका मन्त्री, कुटनितिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरुले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमा ध्यान केन्द्रितगनु्र्र पर्ने औंल्याएका हुन् ।
पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पुर्वाधार विकासमा जोड दिन आवश्यक रहेको परराष्ट्र मन्त्रीप्रदिप ज्ञवालीले बताएका छन् । ट्राभल हिमालय म्यागाजिनको २० औं वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।
मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाखपर्ययटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तिब्रता दिनु पर्नेमा जोड दिए । साथै सरकारले आयोजनागर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासका लागि प्र्रयक्ष वैदेशिक लगानी भित्र्याउन सरकार र दातृ निकायका बिच राणनितिक छलफल गरिने मन्त्री ज्ञवालीको भनाई थियो ।
यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए । भ्रमण वर्षमा लक्षित कार्यक्रमहरुले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि, रोजगारीको अवसर र गरिबी निवारणमा टेवापुर्याउने सचिव सापकोटाको भनाई थियो । यसका साथै पर्यटन क्षेत्रको विकासका लागि दिर्घकालिन योजना तर्जुमा गर्नु पर्नेमा सचिव सापकोटाले जोड दिए ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीत सिंहले अन्तर देशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले नेपाल भारत सीमामा पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउदै पर्यटकीय गन्तव्यका साथै पर्यटन प्रवद्र्धनमा लाग्दा भ्रमण वर्ष सफल बनाउन सहज हुने बताए ।
भ्रमण वर्षलाई सफल बनाउनका लागि पुर्वाधार मात्र नभई समग्र मुलुकका पर्यटकीय गन्तव्यलाई विश्वबजारमा चिनाउने अभियानको तिब्रतालाई रातदुत सिंहले जोड दिए ।
नेपाल पर्यटन बोर्डका पुर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासमा विश्व व्यापीकरणका लागि सूचना प्रवाहगर्न विद्युतीय माध्यमका साथै फोटो, श्रव्यदृष्य सामग्रीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
कार्यक्रमको आयोजक ट्राभल हिमाल यम्यागेजिनका सम्पादक राजारामगिरीले नेपालको पर्यटन क्षेत्र विकासको चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्य पत्रमार्फत गिरीले नेपाल पर्यटकीय गन्तव्यका लागि विश्वको उत्कृष्ट गन्तव्य भएपनि पर्यटकको आगमन छिमेकी मुलुकको तुलनामा न्युनभएको उजागर गरे ।
सरकारले भ्रमण वर्षमा २० लाखपर्यटक भित्र्याउने लक्ष्य लिएकोमा मुलुकले ठुला पुर्वाधारको विकाससँगै साना तथा अत्यावश्यक विषयमा ध्यान दिन सरकारसँग आग्रह गरे ।
कार्यक्रममा ट्राभल हिमाल यम्यागेजिनको २० औं वर्षको १सय ३४ औं संस्करणको बिमोचन पनि गरिएको थियो । कार्यक्रममा नेपालका लागि बंगलादेश, अष्ट्रेलिया, इजरायललगायत मुलुकका राजदुतहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रममा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न निकाय, अन्तराष्ट्रिय हवाई संस्था, व्यवसायी लगायतको उल्लेख्य सहभागिताथियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस