अर्थ संसार, काठमाडौं –कालिका पावर कम्पनीले आज ११ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे कम्पनीको रजिष्टर कार्यालय, भरतपुर चितवनमा हुने भएको हो ।
सभाले गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्नेछ ।
साथै, सर्वसाधारण समूहबाट २ जना सञ्चालक र १ जना स्वतन्त्र सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत तय भएको छ । सभा प्रयोजनको लागि कम्पनीले फागुन २७ गतेदेखि बुक क्लोज गरेकाले फागुन २६ गतेसम्म कायम सदस्यहरुले सभामा भाग लिएर मतदान गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस