Like us!
Follow us!
Connect us!
Watch us!

आईएमएस लिटिल स्माइल्स्को नयाँ शोरुम सिटि सेन्टरमा (भिडियोसहित)

आइतबार, १० चैत्र २०७५, १५ : ३७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- साना बालबच्चाको स्वास्थ र स्याहर सुसार सम्बन्धि विभिन्न ब्राण्डका उत्पादनहरु नेपालको पहिलो प्रिमियम आउटलेट आईएमएस लिटिल स्माइल्स्ले आफ्नो नयाँ शोरुम कमल पोखरीस्थित सिटि सेन्टरमा शुभारम्भ गरेको छ ।

यस नयाँशोरुममा डक्टर ब्राउन्स्, क्रेन, हिमालय बेबी केयर र डिजेआई जस्ता विश्वप्रशिद्ध ब्राण्डका उत्पादनहरु पाईनेछ । यी ब्राण्डका उत्पादनहरु जस्तै साबुन, मसाज तेल, पाउडर, स्याम्पु, एयर प्युरीफाएर, क्रिम, ड्रोन, Pacifier, Bottle, Toothbrush, Cups, Teether को प्रयोगले ससाना बालबच्चाहरुलाई विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरुबाट टाढा राख्न सकिने छ ।

आईएमएस लिटिल स्माइल्स्ले नेपालमा बिक्रि वितरण गर्ने उत्पादनहरु सम्पूर्ण नेपाली उपभोक्ताको दैनिक जीवनलाई सरल सहज र गुणस्तरीय बनाउन केन्द्रीत रहेको आईएमएस गु्रपका प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रा बताउनुहुन्छ ।

“यसै परिप्रेक्षमा सिटि सेन्टरमा बालबच्चाको स्याहार सुसार सम्बन्धित ब्राण्डहरुको बिक्रि गर्न नयाँ शोरुम खोलिएको उहाँ  भन्नुहुन्छ” ।

5c9754c112044.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको