अर्थ संसार, काठमाडौं– आधुनिक जीवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टायल, शक्तिशाली इन्जिन , मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी २०१९ संस्करणको फोर्ड फिगो बजारमा मात्र रु.२४,९९,००० मा ल्याएको छ ।
-
नयाँ शक्तिशाली इन्जिन र १२०० भन्दा बढी ठूलो सानो परिवर्तन, आकर्षक डिजाइन, अगाडी र पछाडीको भागमा परिमार्जनका साथ उत्कृष्ट र आरामदायी भित्री बनोट तथा ब्राण्ड न्यु इन्टिरियेर
-
नयाँ फिगो रमाइलो र आरामदायी सवारीको मौलिकतालाई अझ बढी उजागर गर्दै नयाँ १.२ लि. पेट्रोल र १.५ लि. डिजेल इन्जिनका साथ
-
आफ्नो श्रेणी मा नै उत्कृष्ट शक्तिशाली इन्जिन, सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्च टचस्क्रीन
-
पूर्णतया सन्तुष्टि तथा अद्भुत मितव्ययी स्वामित्वता
फोर्ड फिगो अति लोकप्रिय तथा विश्वासिलो अब अझ परिमार्जित तथा ताजा अवतारमा २०१९ संस्करणको फोर्ड फिगो नेपालमा रु २४,९९,००० बाट उपलब्ध भएको छ । १२०० भन्दा बढी सुक्ष्म तथा ठूला परिवर्तन तथा परिमार्जनका साथ आकर्षक बाहिरी र आरमदायी भित्री बनावट, सुरक्षा सम्बन्धि उत्कृष्ट प्रविधि शक्तिशाली इन्जिन फोर्ड फिगोको सवारीलाई अझ बढी उत्कृष्ट र रमाइलो बनाइने विश्वास लिइएको छ ।
नयाँ फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङ्गहरुमा उपलब्ध हुनेछ । फोर्ड फिगो प्रथम गाडी खरीदकर्ता तथा आफ्नो मूल्यको पुर्ण लाभ खोज्नेहरुको लागि पहिलो रोजाइको रुपमा रहँदै आएको छ । नयाँ संस्करणमा यी गुणहरुका साथै आजको आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै स्मार्ट टेक्नोलोजी तथा विशेषताहरु समावेश गरी ग्राहकवर्गलाई अझ बढी सन्तुष्टि प्रदान गर्न परिमार्जित रुपमा ल्याएको हो ।
शक्तिशाली इन्जिन र उत्कृष्ट सवारी
फोर्डको विश्वव्यापी Fun to drive दर्शनका साथ नयाँ फिगोमा हलुका, इन्धन उपयोगी
३ सिलिण्डरयुक्त 1.2 L. TiVCT पेट्रोल इन्जिन जडान गरिएको छ । यो नयाँ प्रविधियुक्त इन्जिनले . 96 PS Power , 120 Nm torque प्रदान गर्दछ । साथै डिजेल गाडीका पारखीहरुका लागि 1.5 L. TDCi इन्जिन जडान गरिएको छ जसले 100 PS power / 215 NM torque प्रदान गर्दछ र इन्धन खपत मात्र २५.५ कि.मी. /लि.रहेको छ । यी दुवै इन्जिनयुत्त फोर्ड फिगो ५ – स्पीड ट्रान्समीसन मा उपलब्ध हुनेछ र यो पहिलेको भन्दा १५ प्रतिशत हलुका हुनुका कारण बढी इन्धन बचत हुनेछ । साथै पहिलेको संस्करणहरु भन्दा नयाँ फिगोमा करिब ४० प्रतिशत कम गेयर आयलको उपभोग हुनेछ ।
नयाँ फिगोमा धेरै नवीन प्रविधिहरु थपिएका छन् जसले सवारीलाई आरादायी बनाउनुका साथै बढी सुरक्षित पनि राख्न मद्दत गर्छ । फिगोको सबै मोडेलमा दुईवटा एयर ब्याग राखिएको छ । यसका साथ सुरुक्षालाई अझ सशक्त बनाउन Anti - lock braking system (ABS),Electronic stabling program (ESP) ले गाडीलाई मोडहरुमा हाक्न पनि सजिलो बनाएका छ र समग्रमा फोर्ड फिगो चलाउन एक रमाइलो र आरादायी गाडीको दर्जामा रहने विश्वास लिएको छ ।चालक तथा यात्रुको मनोरञ्जनका लागि यसमा ७ इन्चको टचस्क्रीन सिस्टम राखिएको छ ।
विश्वासको गौरवमय इतिहास
फोर्ड फिगो इ.सं. २००९ मा पहिलो पटक भारतमा उपलब्ध थियो र यसलाई २०११ म भारतका अटो सम्बन्धि विज्ञहरुको प्यानलले INDIAN CAR OF THE YEAR घोषणा गरेको थियो ।
यस पश्चात अहिलेसम्मको Next-Gen फिगो सम्म आइपुग्दा फिगोले इश्र्यालाग्दो रुपमा पुरस्कार, अवार्डहरु प्राप्त गर्दै आएका छन् । फिगो अहिले सम्मकै बढी अवार्ड प्राप्त गर्ने गाडीको रुपमा रहेको छ ।
नयाँ फिगो– सात विभिन्न रङ्ग White gold,Moondust silver,Smoke grey,Absolute Black Deep Impact Blue,Ruby Red and Oxford white मा उपलब्ध छ ।
Variant-wise introductoryprices*:
Ford Figo (Petrol 1.2L TiVCT)
Manual Transmission
|
Introductory Price (NPR)
|
New Ford Figo Ambiente
|
24,99,000/-
|
New Ford Figo Titanium
|
27,99,000/-
|
New Ford Figo Titanium AT
|
31,99,999/-
|
Ford Figo (Diesel 1.5L TDCi)
Manual Transmission
|
Introductory Price (NPR)
|
New Ford Figo Ambiente
|
27,99,000/-
|
New Ford Figo Titanium
|
29,99,000/-
|
प्रतिस्पर्धात्मक बजार
नयाँ फोर्ड फिगो सानो गाडीको प्रतिस्पर्धात्मक बजारमा फेरी अव्बल भई निस्कने विश्वाुस लिएको छ । यस श्रेणीमा अरु गाडीह रुको प्राय इन्जिन क्षमता, अधिकतम 85 PS Power प्रदान गरेको छ ।
साथै नेपाल जस्तो देशमा अति जरुरी ग्राउण्ड क्लियरेन्स यसमा १७४ मि.मि. रहेको छ भने अरु प्रतिस्प्रर्धामा यो अधिकतम १७० मि.मि. रहेको छ । साथै नयाँ फोर्ड फिगोमा अरु स्मार्ट फिचर्सहरु राखेको छ जुन ठूलो र महङ्गो गाडीमा मात्र देख्न सकिन्छ त्यो पनि विशेष मूल्यमा जुन बजारमा एक प्रतिस्पर्धामुखी छन् । माथिका कारणहरुले फोर्ड फिगोले नेपाली बजारमा सकारात्मक परिवर्तन ल्याउने कम्पनिले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस