Like us!
Follow us!
Connect us!
Watch us!

होण्डा “सम्बन्ध सपनाहरुको” विजेता घोषणा

बुधबार, १३ चैत्र २०७५, १७ : ०८ मा प्रकाशित

होण्डा “सम्बन्ध सपनाहरुको” विजेता घोषणा

अर्थ संसार, काठमाडौं–  नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालमा ५० वर्ष पूरा गरेको उत्सवमा आफ्नो दशैं तथातिहार योजना “सम्बन्ध सपनाहरुको”को विजेता घोषित गरेको छ ।

२५ माघ देखि २५ फाल्गुनसम्म संचालित उक्त योजनामा २५,२६५ जनाको सहभागिता रहेको थियो । सहभागीहरु मध्ये लक्की ड्र मार्फत ५० जना छनौट गरिएको थियो । छनौट भएका सहभागीहरुले ५० लाखबम्पर उपहार जित्नको लागि योजनासँग मेल खाने आफ्नो कुनै सपना उल्लेख गरी फेसबुकमा भिडियो अपलोड गर्नुपर्ने थियो ।

अपलोड गरिएका ३९ भिडियो मध्ये सर्वाधिक २४,१५० लाइक, कमेन्ट र सेयर प्राप्त गरी आफू डाक्टर बनी जनमानसको सेवागर्ने सपना बोकेका धुलिखेल, काभ्रेका विशाल थापा उक्त योजनाको विजेताबन्न सफल भएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको