Like us!
Follow us!
Connect us!
Watch us!

विवेकशील नेपालीले खानेपानी मन्त्रीलाई सोध्यो  "किन कच्चा प्रेस विज्ञप्ति निकाल्न र कागजको नाश गर्न सरकारी स्रोतको दुरुपयोग गर्नुहुन्छ ?"

विहीबार, १४ चैत्र २०७५, १६ : ३२ मा प्रकाशित

विवेकशील नेपालीले खानेपानी मन्त्रीलाई सोध्यो  "किन कच्चा प्रेस विज्ञप्ति निकाल्न र कागजको नाश गर्न सरकारी स्रोतको दुरुपयोग गर्नुहुन्छ  ?"

अर्थ संसार, काठमाडौँ-विवेकशील दलकी नेतृ रञ्जु दर्शना र नेपाल सरकारको खानेपानी मन्त्री एक अर्का प्रति कडा रुपमा प्रस्तुत भएका छन। 

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार तथा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपाल विवेकशील दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले मंगलबार अख्त्यिारमा उजुरी दर्ता गराएका थिए। 

आफ्नाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी बहालवाला  खानेपानी मन्त्री विना मगर एक विज्ञप्ति जारी गर्दै  विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना माथि नाम नै कितानी  गर्दै आफु माथि चरित्र हत्या गर्न खोजिएको दोष लगाएकी  छिन् ।
विज्ञप्ति मार्फत मन्त्रीले जारी दुई पृष्ठ लामो विज्ञप्तिमा भनिएको छ, मेलम्ची आयोजनामा अनियमिता भएको प्रमाणित भए म जुनसुकै सजाय भाग्न तयार छु । यदि अनियमिता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु ।’

यसको जवाफमा विवेकशील नेपालीले आफ्नो फेसबुक पोस्ट मार्फत खानेपानी मन्त्रीलाई प्रश्न गरेको छ ,"किन कच्चा प्रेस विज्ञप्ति निकाल्न र कागजको नाश गर्न सरकारी स्रोतको दुरुपयोग गर्नुहुन्छ मन्त्रीज्यू ? 

5c9ca92da3ea1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको